शुक्रबार, वैशाख १४, २०८१

‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– गौरभ पहारी अभिनीत चलचित्र ‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक भएको छ । भदौ १ गतेबाट देशभरका सिनेमा घरबाट एक साथ प्रदर्शनमा आउने मिती तोकेसँगै चलचित्र ‘मिस्टर भर्जिनं’को ट्रेलर सार्वजनिक गरिएको हो । 

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारीसँगै, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ ।

तीन युवाको यौन मनोविज्ञानको कथालाई देखाउन खोजिएको चलचित्रलाई वोल्ड वाइड फिल्म्स डिष्ट्रिव्यूसन प्रालीको ब्यानरमा निर्माण गरिएको हो । चलचित्र ‘मिस्टर भर्जिन’लाई बिशारद बस्नेतले निर्देशन गरेका हुन् भने महेश दवाडीको कथा तथा रामेश्वर कार्कीले छायाङ्कन गरेका हनु । 

चलचित्र ‘मिस्टर भर्जिन’मा विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी.काप्रीले सम्पादन रहेको छ । चलचित्रमा टेक्निकल हेडको रूपमा दशरथ गिरी छन् ।

चलचित्र ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्माताको रुपमा सन्दिप उप्रेती छन् ।

ट्रिजरको भिडियो हेर्नुहोस्

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्