शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डा केसीप्रति प्रधानमन्‍त्री आक्रामक, यातायातमन्‍त्रीको उल्टो यात्रा

डा केसीप्रति प्रधानमन्‍त्री आक्रामक, यातायातमन्‍त्रीको उल्टो यात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले डा गोविन्दकेसीको अनसन र प्रधानमन्त्री केपी ओलीको अडानलगायतका विषय मुख्य प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर, नागरिक र नयाँ पत्रिका दैनिकले डा केसीको खबरलाई पहिलो पृष्ठमा महत्वका साथ छापेका छन् । प्रधानमन्त्री ओलीले अनसन बस्दैमा मेडिकल कलेज खोल्न नरोक्ने अडान राखेको र माग पुर नभए मर्न तयार रहेको भनि डा केसीले चेतावनी दिएको विषयलाई आजको कान्तिपुरले प्राथमिकताका साथ छापेको  छ ।

नागरिक दैनिकले भने 'कर्णाली चिनाउन पनि जुम्ला अनसन' शीर्षकमा खबर लेखेको छ । उसले गोलपोस्टमा अनसन बसिरहेका डा केसी र चिकित्सा विद्ययकको फुटबल हान्न ठिक्क परेका ओली र प्रचण्डको कार्टुन पनि समाचारसंगै छापेको छ । नयाँ पत्रिकाले भने 'प्रधानमन्त्री ओलीको अडानः अनशन तोडाउन सबै माग सम्बोधन हुँदैन' शीर्षकमा खबर लेखेको छ ।

नयाँ पत्रिका दैनिकले नै यातायातमन्त्रीको उल्टो यात्रा शीर्षकमा मुख्य समाचार छापेको छ । उसले मन्त्री रघुवीर महासेठकै संरक्षणमा सिन्डिकेट फर्काउने योजना बुनिएको समेत खुलासा गरेको छ । यातायात व्यवस्था विभाग नेतृत्वविहीन बनाइएको छ भने सिन्डिकेटविरोधी तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई भूमिकाविहीन बनाइएको नयाँ पत्रिकाले लेखेको  छ ।

मुस्ताङमा भएको टिपर दुर्घटनाले सिंगो गाउँ शोकमा डुवाएको विषयलाई मुख्य समाचार बनाएको आजको अन्नपूर्ण पोस्टले राजनीतिक नियुक्तिका लागि दौडधुप सुरु भएको विषयलाई एङ्कर न्युज बनाएको छ ।

अघिल्लो सरकारले गरेका झन्डै ४ दर्जन राजनीतिक नियुक्ति खारेजीमा परेसंगै रिक्त पदमा पुग्न दौडधुप सुरु भएको छ । महत्वपूर्ण र आकर्षक नियुक्ति लिन सत्तारुढ दल निकटस्थहरु सक्रिय देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो भनेर समाचारमा उल्लेख गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।