बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्रीले नै सांसद बन्धक बनाएपछि लाेकतन्त्र खतरामा : विपक्षी गठबन्धन

मुख्यमन्त्रीले नै सांसद बन्धक बनाएपछि लाेकतन्त्र खतरामा : विपक्षी गठबन्धन

मुख्यमन्त्रीले नै सांसद बन्धक बनाएपछि लाेकतन्त्र खतरामा : विपक्षी गठबन्धन
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

बुटवल– लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलकै निर्देशनमा सांसदलाई बन्धक बनाएको घटनाको निन्दा गरेका छन्। 

triton college

माओवादी केन्द्रकी सांसद विमला कुमारी खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा ल्याएर बन्धक बनाएको भन्दै गठबन्धनले आपत्ति जनाएको छ। 

कांग्रेस प्रमुख सचेतक फखरुदि्दन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर, जसपाका उपनेता सुमन शर्मा र जनमोर्चाका तारा जिसीले विज्ञप्ति  निकालेर सरकारकै नेतृत्व अपहरण जस्ता अपराधिक घटनामा संलग्न हुनुले लोकतन्त्र नै धरापमा पर्ने खतरा रहेको भनेका छन्।  

गठबन्धनले घटनामा संलग्नलाई तत्काल कानुनी कठघरामा उपस्थित गराउन माग गरेको छ। 'लुम्बिनी प्रदेश सरकारलाई यस्ता अपराधिक घटनामा प्रत्यक्ष संलग्न अपराधीलाई तत्काल कानुनको कठघरामा उपस्थित गराउन माग गर्दै अपराधको बलमा सरकारमा टिकिरहने दुस्वप्न नदेख्न चेतावनी दिन चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Aug 05, 2021| 15:09 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।