शुक्रबार, वैशाख १४, २०८१

अनुपम खेर भारतीय पूर्वप्रधानमन्त्री बन्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- भारतीय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको जीवनमा आधारित बनिरहेको फिल्म 'द एक्सीडेंटल प्राइम मिनिस्टर'को दिल्लीको छायाङ्कन पूरा भएको छ । 

फिल्ममा डा. मनमोहन सिंहको भूमिका निभाएका अनुपम खेरले ट्वीटरमा शुटिङ सकिएको फोटो हालेका छन् । अनुपमले टुवीटरमा लेखेका छन्, 'हाम्रो फिल्म 'दि एक्सीडेंटल प्राइम मिनिस्टर' दिल्लीमा सकिएको छ । यो शुटिङ्गमा धेरै आनन्द आयो र मैले धेरै कुरा सिक्न पाएँ धन्यवाद दिल्ली ।'

अनुपम शुटिङका लागि पछिल्लो समय एनएसडी पनि गएका थिए । जहाँ उनले आफ्नो बितेको याद ताजा गर्दै एक विडियो पनि इंष्टाग्राममा शेयर गरे । 

डा. मनमोहन सिंहको कार्यकालको समयमा उनको मिडिया सल्लाहकार रहेका संजय बारुको किताबमा आधारित फिल्ममा १ सय ४० भन्दा बढी कलाकार राजनेताहरूको भूमिकामा देखिदै छन् ।

फिल्ममा मनमोहन सिंहकी पत्नी 'गुरशरण कौर'को भूमिका निभाएकी छिन् दिव्या सेठ शाहले र अटल बिहारी वाजपेयीको भूमिकामा देखिदै छन् राम अवतार भारद्वाज । यसै फिल्ममा प्रियंका गान्धीको भूमिकामा अहाना कुमरा देखिदैछिन् जब कि अर्जुन माथुर, 'राहुल गान्धी'को भूमिकामा देखिदै छन् । 

अनुपम खेरले समय-समयमा यी सबै कलाकारलाई मिलाउनको लागि उनले आफ्नो फोटो ट्वीटरमा शेयर गरिरहेका थिए । 

अनुपम खेर लगातर फिल्मसँग जोडिएका स्टार काष्टको फोटो पनि आफ्नो ट्वीटरमा शेयर गरिरहे ।

एनएसडीका कलाकारले पनि अभिनय गरेका छन् । यो भन्दा पहिला अनुपमले एलके आडवाणी, लालू प्रसाद यादव र शिवराज पाटिलको भूमिका शेयर गरेका थिए । 
फिल्ममा संजय बारुको भूमिका अक्षय खन्ना निभाउदै छन् । संजयको किताब २०१४ मा आएको थियो । र यो किताबमा भएको केही संवादका कारण विवादित पनि भएको थियो । 

२०१८ २१ डिसम्बर मा फिल्म रिलिज हुने छ । सुनिल बोहरा ब्रदर्शले फिल्मको प्रोडक्शन गरेको छ भने मंयक तिवारीले स्क्रीप्ट लेखेका हुन् । क्रियटिभ डायरेक्शन हंसल मेहताले गरेका छन् भने विजय रत्नाकार गुट्टेले निर्देशन गरेका छन्  ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्