शनिबार, वैशाख १५, २०८१

पाँच कृषकले पाए राष्ट्रपति उत्कृष्ट कृषि पुरस्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकारले मुलुकका विभिन्न स्थानका पाँच कृषकलाई राष्ट्रपति सर्वोत्कृष्ट तथा उत्कृष्ट पुरस्कार प्रदान गरेको छ। पुरस्कार कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले वितरण गरेका हुन्।

यस आर्थिक वर्ष २०७४-७५ को सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार राजेन्द्रराज पन्तलाई प्रदान गरिएको छ। उनी गोरखा पालुङटार नगरपालिका वडा नं ७ का कृषक हुन्। उनले गाई पालनमार्फत उक्त राष्ट्रियपति सर्वोकृष्ट पुरस्कार पाएका हुन्। उनलाई पुरस्कार स्वरुप नगद २ लाख रुपैयाँ तथा प्रमाण पत्र वितरण गरिएको छ।

त्यस्तै राष्ट्रियपति उत्कृष्ट कृषक पुरस्कारहरु  भरतपुर महानरनगरपालिका चितवनका योगेन्द्रबहादुर खड्कालाई बाख्रापालनमा, खजुरा गाँउपालिका बाँकेका लालबहादुर सुनुवारलाई च्याउ खेतीमा, धनुषा ननुपट्टी गाँउपालिका बौएलाल मुखियालाई माछा उत्पादन-प्रजनन र कैलाली टिकारपुर नगरपालिकाका रामबहादुर कुँवरलाई केरा खेतीमा प्रदान गरिएको छ। उनीहरुले पुरस्कार स्वरुप  नगद १ लाख रुपैयाँ तथा सम्मान गरिएको हो।  

कृषकहरुको मनोबल उच्च राख्दै उनीहरुको योगदानलाई सम्मान गर्न तथा समग्र कृषि पेशालाई समाजनको आकर्षक एवं सम्मानित पेशाको रुपमा स्थापित गर्ने उद्देश्यले उक्त पुरस्कार प्रदान गरिँदै आएको हो।

मन्त्रालयको अनुसार पुरस्कार जिल्ला, क्षेत्रीय, केन्द्र लगायत  विभिन्न  चरणमा  छनौट गरी  कृषकहरुलाई  वितरण गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्