शुक्रबार, वैशाख १४, २०८१

'एमालेलाई एक हुन नदिन केपी ओली केही वर्षदेखि नै लागिपरेका थिए'

नेकपा एमालेका सांसद् तथा माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य मेटमणि चौधरीले एमालेलाई एक हुन नदिन अध्यक्ष केपी ओली केही वर्ष अघिदेखि नै लागिरहेको आरोप लगाएका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं– नेकपा एमालेका सांसद् तथा माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य मेटमणि चौधरीले एमालेलाई एक हुन नदिन अध्यक्ष केपी ओली केही वर्ष अघिदेखि नै लागिरहेको आरोप लगाएका छन्। 

triton college

बिहीबार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै उनले सोही कारण एमालेलाई एक गर्न सम्भव नभइरहेको तर्क गरे। 'केपी ओलीले नेकपा एमालेलाई एक हुन नदिन दुई–तीन वर्ष अगाडिदेखि नै लागिसक्नुभएको थियो। त्यो कुरा हामीले बुझेका थियौं। त्यसैले फेरि पनि नेकपा एमालेलाई  एक गराउने, केपी ओलीलाई अध्यक्ष बनाइराख्ने कुरा त्यही कारणले सम्भव हुन सकिरहेको छैन,' उनले भने।

घोषणा नगरे पनि नेकपा एमालेलाई मिल्न नदिने मनोविज्ञानमा ओली पुगिसकेको उनको भनाइ छ। 'उहाँले घोषणा नगर्दासम्म हामीले पनि अर्को बाटो निर्माण गर्नुपर्छ भन्ने लागेको छैन। उहाँले घोषणा गरेपछि हामीले पनि कानुनी प्रावधानमाथि मध्यनजर गरेर अर्को पार्टी निर्माण गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुपर्छ, पुग्छौं। उनले अर्को पार्टी नबनाउँदासम्म हामीले नेकपा एमालेबाटै आफ्ना गतिविधिहरु अगाडि बढाउँछौं,' चौधरीले भने।

आजको केन्द्रीय कमिटी बैठकमा अब नेकपा एमालेलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने उनले बताए। 'सुरुमा माधवकुमार नेपालले आफ्नो कुरा राख्नुहुन्छ। त्यसपछि कार्यदलबाट एक जना कमरेडले अहिलेसम्म भए गरेका कामहरुको विषयमा कुरा राख्नुहुन्छ। त्यसपछि केन्द्रीय कमिटीका सदस्यहरुले आफ्नो धारणाहरु राख्छौं र एउटा निष्कर्षमा हामी पुग्छौं,' उनले भने।

प्रकाशित: Aug 05, 2021| 12:50 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...