शुक्रबार, वैशाख १४, २०८१

दार्चुला घटनाको अध्ययन टोली भारतीय बाटो हुँदै मालघाट पुग्यो

तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामी घटनाको छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट पुगेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

धनगढी– तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामी घटनाको छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट पुगेको छ।

triton college

मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गस्कु मालघाट गएको हो। बुधवार दार्चुलाका सञ्चारकर्मी तथा मानवअधिकारकर्मीसँग कुरा गर्दै घटनाको सुक्ष्म ढङ्गले अध्ययन गरेर प्रतिवेदन आउने बताएका गौतमले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति ल्याउने बताए। 

गौतमले भने, ‘समितिले भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिन्छ।’ उनले नेपाल–भारत जोड्ने तुइन राखिएको क्षेत्रको समेत अवलोकन गर्ने बताए।

साउन १५ गते व्यास गाउँपालिका–२ का मालका जयसिंह धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन तर्ने क्रममा तुइन फुकालिदिएपछि धामी बेपत्ता भएको समाचार आएपछि गृह मन्त्रालयले गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। 

मंगलबार बेलुका दार्चुला सदरमुकाम खलंगा पुगेको छानबिन टोलीले बुधबार त्यहाँस्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्याँस गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको थियो भने घटनाका प्रत्यक्षदर्शीहरुसँग सोधपुछ गरेको थियो। 

corrent noodles
Metro Mart

सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेको टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले आवश्यक निर्णय लिने जनाएको छ। टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ।

प्रकाशित: Aug 05, 2021| 12:12 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।