शुक्रबार, वैशाख १४, २०८१

बेलारुसी महिला ओलम्पियनको दुखद् कथा, जो घर फर्कनै सकिनन्

पोल्यान्डले शरण दिने भएपछि बेलारुसी स्प्रिन्टर क्रिस्टिना सिमानोउस्काया अहिले पोल्यान्ड पुगेकी छन्। उनले असुरक्षाका कारण घर फर्कन अस्वीकार गरेपछि शरणार्थीका रुपमा बुधबार पोल्यान्ड पुगकी हुन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं-  पोल्यान्डले शरण दिने भएपछि बेलारुसी स्प्रिन्टर क्रिस्टिना सिमानोउस्काया अहिले पोल्यान्ड पुगेकी छन्। उनले असुरक्षाका कारण घर फर्कन अस्वीकार गरेपछि शरणार्थीका रुपमा बुधबार पोल्यान्ड पुगकी हुन्।

triton college

ओलम्पिकको उनको यात्राले निकै चर्चा पाएको थियो। पोल्यान्डसम्मको यात्राका लागि उनले जुन दबाब भोग्नुपर्यो र जुन पीडा सहनुपर्यो, सायदै कुनै पनि ओलम्पियनले भोगेको होला।

त्यसो त उनी २०० मिटर दौडमा सहभागी बन्न टोकियो ओलम्पिक २०२० का लागि बेलारुसबाट हिँडेकी थिइन्। २४ वर्षे एथ्लिट क्रिस्टिनाले त्यसका लागि कडा मेहनत गरिन्। तर जब ओलम्पिकका सहभागी बन्ने समय भयो, उनलाई २०० मिटर नभएर चार सय मिटर रिलेका लागि पठाइयो।

रिलेसम्बन्धी नियम उनलाई सिकाइएकै थिएन। न उनले रिलेको अभ्यास नै गरेकी थिइन्। खेल आउन लाग्दा आफ्नो विधा परिवर्तन भएपछि उनले आफनो व्यवस्थापक र प्रशिक्षकलाई आलोचना गरकी थिइन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै आफूमाथि अन्याय भएको बताएकी थिइन्। उनले आफ्नो खेलका लागि लापरबाही  गरेको आरोप लागाइन्। त्यसपछि उनलाई बेलारुसी ओलम्पिक कमिटीले फिर्ता बोलाएको थियो। उनको ओलम्पिक सहभागिता नै रद्द गरियो।

त्यसपछि उनी घर जानलाई एयरपोर्ट पुगेपछि बोर्डिङ पास लिने बेलामा बेलारुस फर्कन अस्वीकार गरेकी थिइन्। उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेर आफूलाई बेलारुसमा खतरा हुने भन्दै घर जान अस्वीकार गरिन्।

corrent noodles
Metro Mart

घर जान अस्वीकार गरेपछि उनलाई जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले शरण दिएको थियो। र, क्रिस्टिनाबारे आईओसीले स्पष्टीकरणको माग गरेपछि बेलारुसी ओलम्पिक कमिटीले उनी कमजोर, इमोसनल र दिमागी रुपमा नाजुक रहेकी बताएको थियो।

यता बेलारुसमा अहिले गृहयुद्ध चलिरहेको छ। त्यो गृहयुद्धले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासहेन्कोलाई थप असर पर्ने देखिएको छ। पछिल्लो समय विपक्षी दलका नेतालाई उनले देशनिकाला गरेपछि अलेक्जेन्डर अहिले कतिपय पश्चिमी देशको प्रतिबन्धमा परेका छन्।

बेलारुस फर्कन नमानेपछि विपक्षी दलका नेताले पनि क्रिस्टिनाको सहयोगका लागि विज्ञप्ति निकाल्दै उनलाई बेलारुस नफर्काउन आग्रह गरेका थिए। क्रिस्टिनाको ज्यानलाई खतरा हुने विपक्षीको विज्ञप्तिमा उल्लेख थियो।

विपक्षी दलको त्यो विज्ञप्तिपछि विवाद अझै चर्किएपछि क्रिस्टिनालाई पोल्यान्डले मानवीयता भिसा प्रदान गरेको थियो। सोही भिसा अनुरुप उनी बुधबार राति पोल्यान्ड पुगकी छन्। उनका श्रीमानलाई पनि पोल्यान्डले भिसा प्रदान गरेको छ।

‘उनलाई अहिले केही आराम चाहिएको छ। उनी यहाँ थकित देखिन्छिन् तर खुसी छन्। उनी पोल्यान्मा सुरक्षित रहनेछिन्,’ पोल्यान्डका उप विदेशमन्त्री मार्सिनले भनेका छन्।

उनलाई केही बेलारुसीले वोस विमानस्थलमा स्वागत गरेका थिए। र, उनीहरुले क्रिस्टिनालाई सपोर्ट गर्ने पनि बताएका थिए। यता वोसमा आधारित बेलारुसी विपक्षी नेता पावेल लटुस्कोले सामाजिक सञ्जाल ट्वीटरमा क्रिस्टिनाको तस्विर राख्दै शासनको पीडा चाँडै अन्त्य हुने बताएका छन्। उनले खेलेका छन्, ‘त्यसपछि क्रिस्टिना नयाँ बेलारुसमा नयाँ खेल शिखरहरुलाई जित्न फिर्ता जान सक्षम हुनेछिन्।’

अहिलेको गृहयुद्धले बेलारुसमा हजारौँ मानिसहरु गिरफ्तारीमा परेका छन्। छिमेकी देशको केही भूभागमा पनि यसले असर गरिरहेको छ। यता देशको सुरक्षाको चिन्ता गर्दै राष्ट्रपति लुकासहेन्कोको शासनलाई धेरै बेलारुसियनले विरोध गरिरहेका छन्। 

युक्रेनमा बसिरहेका बेलारुसी अभियन्ता विटाली शिशोभको गएको मंगलबार किव सहर नजिकै उनको शव झुन्ड्याइएको अवस्थामा फेला परेको थियो। उनको हत्याको विषयमा अध्ययन भइरहेको छ। बेलारुसको जेलमा भएका मानिसहरुबारे अहिले विश्वव्यापी रुपमा चिन्ता भइरहेको छ।

प्रकाशित: Aug 05, 2021| 11:46 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।