शुक्रबार, वैशाख १४, २०८१

बुढानिलकण्ठमा देउवाले किन बोलाए शीर्ष बैठक?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पार्टीभित्रको आन्तरिक असमझदारी एवं असन्तुष्टिलाई सम्बोधन गरेर कांग्रेसलाई एकढिक्का बनाउन कांग्रेस सभपाति शेरबहादुर देउवाले  पहल थालेका छन्। देउवाले पार्टी पदाधिकारीसहित असन्तुष्ट नेताहरुलाई मंगलबार आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. महत, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा. रामशरण महत, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव र प्रवक्ता विश्वप्रकाश शर्मालाई बोलाइएको छ।बैठकमा असार पहिलो साता हेटौंडामा सम्पन्न जिल्ला सभपाति भेलासँगै असन्तुष्ट भएका पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला बैठकमा बोलाइएको छ।

देउवा निवास बुढानिलकण्ठमा अहिले २ बजे बोलाइएको बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारीलाई समेत बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। बैठक समसामयिक राजनीति र पार्टीको आन्तरिक बिषयमा पार्टीको धारणा स्पष्ट पार्ने बिषयमा केन्द्रित हुने बताइएको छ।

‘वर्तमान राजनीतिक अवस्थामा मुलुक, लोकतन्त्र र पार्टीसामू देखिएका चुनौतिका बिषयमा छलफल गर्न बैठक बोलाइएको हो’, सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल समयसँग भने ‘अनौपचारिक भएकोले नेताहरुबीच आन्तरिक, सहमति र एकताको लागि पनि छलफल हुनेछ।’

बैठक पार्टीका नेताबीमा सहमति, समझदारी र सुमधुर सम्वन्ध निर्माण गर्न शीष नेताहरुको सुझाव र सल्लाह लिने बिषयमा केन्द्रीत हुने सहमहामन्त्री डा. महतले बताए। 

वर्तमान राजनीतिक चुनौतिलाई कसरी सामना गर्ने भन्ने बिषयमा सभापति देउवाले व्यक्तिगत सर सल्लाह लिई सकेकोले सामूहिक छलफल गर्न खोजिएको महतले बताए। बैठकमा आन्तरिक बिषयमा समेत छलफल हुने मुख्य सचिव पौडेलले बताए।

‘सभपाति देउवाले नेकपा नेतृत्वतको सरकारले राज्यका हरेक निकायमा गरेको हस्तक्षेप, न्यायलय र पे्रसमाथिको हस्तक्षेपका विरुद्ध कसरी अघि बढ्ने भन्ने बिषयमा सल्लाह लिन बैठक बोलाइएको हो’ मुख्य सचिव पौडेलले भने। 

सरकारको सर्वसत्तावादतिर उन्मुख भएको भन्दै कांग्रेस सभापति देउवाले त्यसकै विरुद्ध लड्ने बिषयमा असन्तुष्ट नेतालाई पनि सँगै राखेर छलफल गर्न लागेका हुन्।

महासमिति बारे छलफल नहुने

मंगलबारको अनौपचारिक बैठकमा आगामी भदौमा हुने भनिएको महासमिति बैठकको बिषयमा छलफल नहुने मुख्य सचिव पौडेलले बताए। उनले महासमिति बेठक हुने भनेर निर्णय भइसकेको बिषयमा के-के एजेण्डा तय गर्ने भन्ने निर्णय केन्द्रीय कार्य समिति बैठकले नै गर्ने जनाए। महासमिति बैठकको मिति र स्थान भने अझै तोकिएको छैन।

पौडेल पक्षले नाम नदिँदा देउवालाई अप्ठ्यारो

विधान बमोजिम महाधिवेशन भएको दुई महिना भित्र गठन गरिसक्नु पर्ने कांग्रेसका ४२ वटा विभाग र अन्य समिति अझै निर्माण हुन नसक्नुको दोष पार्टीका नेताहरुले एक अर्कामा दिने गरेका छन्।सभापति देउवामाथि विधान बमोजिम विभाग गठन नगरेको आरोप लागिरहँदा देउवापक्षका नेताहरु भने विभागमा बस्ने केन्द्रीय सदस्यहरुको नाम सिफारिस गर्न भनेर सभापतिले गरेको आग्रहलाई बेवास्ता गरिँदा विभाग गठनमा ढिलाई भएको गुनासो गरेका छन्।

‘रामचन्द्रजीलाई विभागमा बस्ने साथीहरुको नाम सिफारिस गर्नुस् भनेर सभापतिले धेरै पटक एक्लै भेटेर र चिठी पठाएर पनि आग्रह गर्नुभयो तर पौडेलले सहयोग गर्नुभएन’ एक पदाधिकारीले नेपाल समयसँग भने।

पौडेल पक्षले भने समग्रमा सहमति हुनु पर्ने भन्दै पदाधिकारी एक सहित संसदीय समिति, अनुशासन समिति र अन्य समितिमा भाग खोजेकोले विभाग गठनमा ढिलाइ भएको सभापति देउवापक्षधर नेताहरुको गुनासो छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।