शुक्रबार, वैशाख १४, २०८१

अब न्यायाधीशले सम्पत्ति लुकाउन नपाउने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अब न्यायाधीशहरूले सम्पत्ति लुकाउन नपाउने भएका छन् । न्यायाधीशको सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने कानुन निर्माणको तयारीमा सरकार लागेको छ । 

न्यायाधीशहरूको आचरण शुद्ध राख्न यस्तो कानुन ल्याउने तयारी भइरहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले नेपाल समयलाई बताए । 

हालसम्म न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान छैन । तर, सबै न्यायाधीशले आफ्नो सम्पत्ति विवरण न्यायपरिषद्मा बुझाउँदै आएका छन् । 

कानुन मन्त्रालयले मस्यौदा तयार गरी मन्त्रिपरिषद्ले निर्णय गरेपछि संसदमा छलफलका लागि पेश हुनेछ । 

मन्त्री तामाङले शपथ लिएलगत्तै पनि न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन बनाउने घोषणा गरेका थिए । उक्त घोषणाको पक्ष र विपक्षमा विचार सार्वजनिक भएका थिए । मन्त्री तामाङले आफूले न्यायालय सुधारको मुख्य काम यसैबाट शुरु गर्ने घोषणासमेत गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।