शुक्रबार, वैशाख १४, २०८१

आदिवासी जनजाति चलचित्र महोत्सव समापन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- १० वर्षे जनयुद्ध लडेर घर फर्किएकी एउटी युवतीले भोगेको दुःखहरू, गाउँमा काजी भनाउदाहरूले गरेको शोषण त्यसै सिलसिलामा काजीका छोरासँग भएको प्रेम कथा रहेको ‘मायासे लासी’ नामको तामाङ चलचित्रसँगै ३ दिने आदिवासी जानजाति चलचित्र महोत्सवको समापन भएको छ।

आदिवासी जनजातिको भाषा संस्कृतिलाई चलचित्रमार्फत प्रवर्दन गर्ने मूख्य उद्देश्यका साथ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव गरिएको थियो।
  
आदिवासीहरूको कला संस्कृति र परम्परागत रहनसहनलाई आम मान्छेसम्म पुर्‍याउदै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने सोचका साथ आदिवासी जनजाति चलचित्र महोत्सव गरिएको थियो । आदिवासी जनजाति कला संस्कृतिको पहिचान र उत्थानमा यस्ता चलचित्र महोत्सवले टेवा पुर्‍याउने अध्यक्ष अमृत बहादुर सुनुवारले बताए।
 
तीन दिने महोत्सवमा १४ ओटा लामा र छोटा चलचित्र प्रदर्शन गरिएको थियो । कमल पोखरी, रैयाँ, मन्दरा, टुटल जिन्दगी, तापलय, दुलारी, मैरिमो, गो सु नङा, टिन्छेन फमा, तमसुक, पा, लदी पूजा, ढु्वाङकमु र माया सेलासी नामकका चलचित्र समेटिएको थियो । 

राष्ट्रले सम्बन्धित समुदायका कला संस्कृतिलाई प्रर्वधन गर्न सहयोग पुर्‍याओस् भन्ने हेतुले पनि चलचत्रि महोत्सवको आयोजना गरेको बताए अध्यक्ष अमृत बहादुर सुनुवारले। 

महोत्सबमा आदिवासी जनजाति समुदायमा भएका कलासंस्कृति र जीवनका पाटाहरू पर्गेल्ने कथानक चलचित्रहरू प्रदर्शन गरिएको थियो । नेपालमा उद्योगको सम्भावना हुँदाहुदै पनि पर्यटक सम्बन्धित समुदायमा भित्राउन नसकेको र यस्ता महोत्सवले पहल गर्न बताए उनै अध्यक्षले। 
 
आदिवासी जनजाति चलचित्र निरन्तर बनिरहेको छ । तर हल नपाइरहेको गुनासो गर्दै रंगकर्मी सिर्जना बस्नेत भन्छिन्, ‘आदिवासी जनजाति चलचित्र हलमा लाग्न नपाइरहेको बेला यस्तो महोत्सवले धेरै सकारात्मक भुमिका खेल्छ र मुभमेन्टको रूपमा पनि महोत्सव रहन सक्छ ।’
 
महोत्सवको अन्तिम दिन पब्लिक च्वाइसमा परेका केही उत्कृष्ट चलचित्रलाई अर्वाड र पुरस्कार समेत वितरण गरिएको थियो। 

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव मुख्य आयोजक थियो भने सहआयोजक १३ ओटा आदिवासी जनजाति संघसंस्थाहरू थिए । महोत्सवको समापन सन्चार मन्त्री गोकुल प्रसाद बाँसकोटाले गरेका थिए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।