शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वार कलेजमा 'हाईयर कमाण्ड तथा म्यानेजमेण्ट' तालिमको समापन

वार कलेजमा 'हाईयर कमाण्ड तथा म्यानेजमेण्ट' तालिमको समापन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गत चैत ४ गतेबाट शुरु भएको 'हाईयर कमाण्ड तथा म्यानेजमेण्ट' तालिम समापन भएको छ। 

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा २९ जना महासेनानी दर्जाका शिक्षार्थी सहभागी तालिम आइतबार बिशेष समारोह गरी नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वाटरमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले समापन गरेका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मूख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताए। 

तालिमले शिक्षार्थी अधिकृतहरुमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरुको सामना गर्न मद्दत पुग्न गई भावी जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न पेशागत दक्षताको विकास गर्नुको उच्चतम निर्णायक क्षमता र योजना निर्माण गर्ने दक्षतासमेत अभिवृद्धि भएको विश्वास व्यक्त गरे।

प्रधानसेनापति क्षत्रीले उक्त तालिममा समग्रमा सर्वप्रथम हुने महा सेनानी हिमांशु खड्कालाई ‘बेस्ट स्टुडेन्ट अवार्ड’, प्रमाणपत्र र सहित रु. २५,००० नगद पुरस्कार तथा ‘एकेडेमिक राइटिङ’ तर्फ प्रथम हुने महा सेनानी दिपेश जंग शाहलाई प्रमाणपत्र तथा रु.२५,००० नगद पुरुस्कार अन्य शिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।