शनिबार, वैशाख १५, २०८१

रुपन्देहीमा चौपाया तस्करीमा संलग्न ५ पक्राउ

अवैद्य रुपमा चौपायाको तस्करी गरी लाँदै गरेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

वुटवल- अवैद्य रुपमा चौपायाको तस्करी गरी लाँदै गरेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

triton college

देशका विभिन्न क्षेत्रबाट रातको समयमा गाईगोरु रुपन्देही हुँदै तस्करी हुन थालेको सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरूको पक्राउ परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र महतको कमाण्डमा  खटिएको प्रहरी टोलीले मंगलबार राती साढे ११ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ लोखडियाबाट गाई÷गोरुसहित ५ जनालाई नियन्त्रणमा लिएको हो।

ना ६ ख १००३ नं.को ट्रक चेक जाँच गर्ने क्रममा कागजातबिना ३२ वटा गाई गोरु लगिरहेको अवस्थामा नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको रुपन्देहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

पक्राउ पर्नेमा ट्रक चालक कपिलवस्तु नगरपालिका- ९ कुश्माका २७ वर्षीय दीपक वि.क., वाणगंगा नगरपालिका- ९ का २७ वर्षीय सहचालक अनिल सुनार,  लुम्बिनी सांस्कृतीक नगरपालिका- ६ सुजन्डिहवाका ३२ वर्षीय अजिजुल्लाह मिया, सोही ठाउँका २२ वर्षीय अनिस अहमद र लुम्बिनी सांस्कृतिक ३ पडरियाका १४ वर्षीय सफिक खान छन्।

corrent noodles
Metro Mart

प्रहरीले आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको छ। ९ लाख २४ हजार राजस्व कायम गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए। पक्राउ परेकाहरूको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीले बेला बेलामा गाई/गोरुलाई नियन्त्रणमा लिए पनि नियमित चेकजाँच भने नगर्ने सर्वसाधरणको भनाइ छ। रुपन्देहीको पूर्व-पश्चिम राजमार्ग र तौलिहवा, लुम्बिनी भैरहवा हुँदै परासीको सडकबाट पूर्वतर्फ लैजाने गरेको स्थानीयहरूले बताउँछन्।

प्रकाशित: Aug 05, 2021| 09:11 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।