शुक्रबार, वैशाख १४, २०८१

विश्‍वकपका दाबेदार चार टोली बाहिरिदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- रुसमा जारी विश्वकप २०१८ शुरु हुनुभन्दा पहिले देखी नै विश्वकप फुटबल विश्लेषकहरुले यसअघिका विश्वकप विजेता टोलीलाई यस विश्वकपका लागि दाबेदार अनुमान गरेका थिए। तर, पहिलो पटक विश्वकपमा सहभागीता जनाएको आईसल्याण्डले अर्जिन्टिनासँग १(१ को बराबरी खेल्दै गरेको उत्कृष्ट शुरुवातले प्रतियोगितामा नयाँ तरंग पैदा गर्‍यो । 

यस पटकको विश्वकपमा नयाँ र कमजोर मानिएका टोलीले उत्कृष्ट प्रदर्शन गर्दा समर्थक मात्र नभई फुटबल विश्लेषकहरु पनि चकित परे। किनभने धेरै जसोले फिफा वरियताको एक नम्बरमा रहेको जर्मनीलाई यस विश्वकपको दाबेदाकारुपमा पहिलो स्थानमा राखेका थिए । तर, जर्मनी ८० बर्षको इतिहास तोड्दै समूह चरणबाटै बाहिरियो। 

जर्मनी आफ्नो पहिलो खेलमा मेक्सिकोसँग १(० ले पराजित हुँदै नतिजाका पुर्वानुमानहरुलाई नमिठो पाराले झापड हान्यो । दोस्रो खेलमा स्वीडेनसँग २(१ को संघर्षपुर्ण जित निकाल्दै विश्वकप यात्रालाई निरन्‍तरता दिने झिनो आशा पलाएको थियो । तर, समूह चरणको अन्तिम खेलमा दक्षिण केरियासँग २(० को लज्जासपद हार व्याहोर्दै समुह चरणबाटै विदा भयो।

यसै क्रममा प्रिक्वाटर फाईनलबाट विश्वकप उपाधिको दाबेदार मानिएका अन्य चार टोली बाहिरिने पक्का भएको छ। शनिबारदेखि शुरु हुने प्रिक्वाटर फाईनलको पहिलो खेल विश्वकपको दाबेदार अर्जिन्टिना र फ्रान्सबीच हुँदै छ । दुई पटकको विश्वकप विजेता अर्जिन्टिना र एक पटकको विश्पकप विजेता फ्रान्सबीचको यो खेल निकै नै रोमाञ्चक हुने अनुमान गरिएको छ।

काजान एरिनामा नेपाली समय अनुसार शनिबार साँझ ७स्४५ बजे शुरु हुने खेलमा फ्रान्सेली टोलीको मुख्य ध्यान मेस्सीलाई रोक्ने नै हुने अनुमान गरिएको छ। बार्सिलोनाका सुपर स्टार मेस्सीले समूह चरणको प्रदर्शनमा अघिल्ला दुई खेलमा भन्दा निकै स्तरीय प्रदर्शन गरे।

फ्रान्सविरुद्ध अर्जेन्टिनाले यसअघिकै लयलार्इ निरन्तरता दिने फुटबल विश्लेषकहरुको अनुमान छ। फ्रान्सको चुनौतिलाई पार गर्न पक्कै सहज हुने छैन । तर पनि मेस्सी लयमा देखिए भने अर्जेन्टिनालाई फ्रान्सको कुनै तागतले रोक्न सक्ने छैन। एकले अर्कालाई रोक्ने दाउमा रहेपनि यी दुई टोली मध्येबाट एक टोली बाहिरिने पक्का छ।
 
त्यस्तै शनिबार नै हुने अर्को खेलमा उरुग्वे र पोर्चुगलबीच प्रतिसपर्धा हुँदैछ । विश्वकप दाबेदार मानिएका यी दुई टोली मध्येबाट पनि एक टोली बाहिरिने पक्का छ।  उरुग्वे समूह ए को विजेता बन्दै शिर्ष १६ मा प्रवेश गरेको थियो भने पोर्चुगल समूह बि को उपविजेता बन्दै शिर्ष १६ मा प्रवेश गरे हो। 

लुझनिकी स्टेडियममा नेपाली समय अनुसार आइतबार साँझ ७स्४५ बजे शुरु हुने खेलमा स्पेनले आयोजक रसियाको सामना गर्नेछ। आफ्नो पहिलो खेलमा एशियाली महारथी साउदी अरेबियालाई ५(० को फराकिलो अन्तरले पराजित गर्दै निकै नै उत्कृष्ट खेल प्रस्तुत गरेको रसिया जारी विश्वकपको दाबेदारको रुपमा हेरिएको छ। 

एक पटकको विश्वकप विजेता स्पेन यसपटक पुर्व अनुमानको दोस्रो नम्बरमा राखिएको थियो । तर, प्रि–क्वाटरफाईनलमा रसियासँग चुकेमा स्पेन सोझै बाहिरिनेछ। स्पेन समूह बि को विजेता बन्दै शिर्ष १६ मा प्रवेश गरेको थियो भने रसिया समूह ए को उपविजेता बन्दै शिर्ष १६ मा प्रवेश गरेको हो।

यस्तै अर्को दाबेदार मानिएका टोली हुन ब्राजिल र मेक्सिको । ब्राजिल र मेक्सिकोको खेल सोमबार कोस्मोस एरिनामा नेपाली समय अनुसार साँझ ७स्४५ बजे शुरु हुने छ। समूह ई को विजेता बन्दै शिर्ष १६ मा प्रवेश गरेको ब्राजिल र समूह एफ को उपविजेता बन्दै शिर्ष १६ मा प्रवेश गरेको मेक्सिको मध्ये एक टोली बाहिरिनेछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।