शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भौतिक निर्माणमा जनप्रतिनिधिको प्रतिस्पर्धा : बाबुका नाममा शालिक र प्रवेशद्वार

भौतिक निर्माणमा जनप्रतिनिधिको प्रतिस्पर्धा : बाबुका नाममा शालिक र प्रवेशद्वार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम–आर्थिक वर्ष सकिन केहिदिन मात्र बाँकी छँदा बजेट सकाउन जनप्रतिनिधिहरुलाई अहिले चटारो छ । बजेट सकाउनै गुणस्तरहीन निर्माण कार्यहरु भइरहेको गुनासा आइरहेको अवस्थामा धनुषाको मुखियाट्टी गाउँपालिकाका अध्यक्षले आफ्नो बाबुको शालिक निर्माणलाई प्राथमिकता दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष मनोज यादवले अन्य महत्वपूर्ण विकास निर्माण कार्यहरुलाई पन्छाउँदै बाबु भोला यादवको शालिक निर्माण कार्यमा जुटेका छन् । 

अध्यक्ष यादवले चर्चित नेता भोला यादवको शालिक निर्माण भन्ने शीर्षक गाउँपालिकाको परिषदबाट पारित गराई शालिक निर्माण कार्य शुरु गरेका छन् । 

तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका मनोजले स्थानीयवासीहरुको दबाबमा आफ्नो बाबुको शालिक निर्माण गर्न लागेको दाबी गर्छन । 

विगतमा राप्रपाबाट गाविस अध्यक्ष समेत भइसकेका उनका बाबु भोलाको माओवादी द्धन्द्धकालमा गोली हानेर हत्या गरिएको थियो । अध्यक्ष मनोजले आफ्नो बाबुको नाउँमा शालिक निर्माण गर्न २० लाख रुपैया विनियोजन गरेका छन् ।

यता गाउँपालिका अध्यक्षले आफ्नो बाबुको शालिक निर्माण गर्न थालेपछि सोहि गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष नरेश यादवले जिवितै रहेका आफ्नो बाबु राजेन्द्र यादवको नाउँले प्रवेशद्धार निर्माण गर्न लगाएका छन् । 

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नम्बर २ मा वडा अध्यक्ष नरेशले सुशिल–राजेन्द्र मिलन प्रवेशद्धार निर्माण गर्न लगाएका छन् । प्रवेशद्धार निर्माण गर्न समेत १५/२० लाख रुपैयाँ छुट्यिाइएको स्थानीयहरु बताउँछन् ।

शालिक र प्रवेशद्धार निर्माणमा ४० लाख खर्च हुनेभएपछि गाउँपालिकाको अन्य विकास निर्माणका कार्यहरु पछि पर्ने निश्चित रहेको स्थानीयहरुको भनाई छ । 

बाढी प्रभावित क्षेत्र रहेको मुखियाट्टी मुसहरनिया गाउँपालिकामा शालिक र प्रवेशद्धार भन्दापनि बाढीको जोखिमबाट बँचाउने गरी योजनाहरु आउनु पर्नेमा स्थानीयहरुको जोड छ । तर शालिक र प्रवेशद्धारा निर्माणको नाउँमा रकम खर्चेर आफ्नो आसेपासेलाई पैसा बाँडने कार्य गरिएको स्थानीयहरुको आरोप छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।