बिहीबार, वैशाख २०, २०८१

सोलुको खाप्ला भिरमा जिप खस्यो : ७ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सोलुखुम्बु- सोलुखुम्बुको दुधकुण्ड नगरपालिका- ११ बरबोटमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बिहीबार बिहान नेचा सल्यानबाट काठमाडाैँ जाँदै गरेको ना १ ज १८६० नम्बरको जीप तिङलास्थित खाप्ला भिरमा खसेको हो । 

दुर्घटना भएको करिब २ घण्टा पछि घटनास्थलमा पुगेको प्रहरीले उनीहरुको शव बाहिर निकालेको छ ।

दुर्घटनामा स्थलबाट एक बालकको घाइते अवस्था उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इस्पेक्टर प्रधुम्न अधिकारीले जानकारी दिए । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ ।

जीपमा आठ जना सवार रहेको बुझिएको छ । तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ ।

मृतक सातै जनाको सनाखत हुन सकेको छैन्। घटना बारे थप विवरण संकलनको काम भइरहेको  इस्पेक्टर अधिकारीले बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।