शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संसदमा देउडा गित, 'साथ्या कन बाडी हालेई एक्लै खाई नमरेई'

संसदमा देउडा गित, 'साथ्या कन बाडी हालेई एक्लै खाई नमरेई'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- 
साईगाड बडया्को छ निको हरी तरेई, 
साथ्या कन बाडी हालेई एक्लै खाई नमरेई

बिहीबारको प्रदेश सभा बैठकमा सांसद बल बहादुर सोडारीले अर्थमन्त्री झपट बोहरालाई यहि देउडा गीतबाट व्याङ्ग्य गरे । उनले सुनाएको गीतको अर्थ, 'पाए भनेर आफूले मात्र नखानु साथीहरुलाई पनि बाँडेर खानु' भन्ने हो।

अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट आफ्नो क्षेत्र केन्द्रित भएकोमा चरम असन्तुष्टि जनाउँदै अछाम क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित सांसद सोडारीले संसदमै उक्त व्यङ्ग्य गरेका हुन् । ‘उहाँ पल्लो गाउँको म वारी गाउँको दुवै जनाको गाउँ वारी पारी छ फरक त क्षेत्र मात्रै हो।’ 

सोडारीले भने,‘दुवै जना प्रत्यक्ष निर्वाचित सांसद पनि हो, मैले उहाँलाई धेरै योजनाका फाईल पेश गरे छिमेकी क्षेत्रको निर्वाचित सांसदको हैसियतले, मेरो क्षेत्रको बारेमा धेरै जानकार हुनुहुन्छ होला भन्ने ठाने, योजना हेर्दा त शुन्य छ ।’ आफ्नो क्षेत्रमा आएका एक दुई योजना पनि आफ्नो सिफारिस बिना नै आएको उनले सुनाए ।

प्रतिपक्ष दलसँग भद्र सहमती गरेर सुचारु भएको प्रदेश नम्बर ७ को बुधबारको संसद बैठकमा सत्तापक्षकै सांसदले विरोधको शैली फेरेका छन् । बजेटको समर्थन गर्न बाध्य पारेपछि सांसदहरुले घुमाउरो शैलीबाट संसदमा प्रस्तुत हुने गरेका छन् । सांसद पुर्णा जोशीले सरकारले ल्याएको बजेट लाई समर्थन भएको सुनाउँदै घुमाउरो शैलीमा बजेटमा प्रदेशका गौरवका योजना नसमेटिएको बताईन् । 

नेकपाका संसाद लालबहादुर खड्काले भने,‘प्रदेशका हाम्रा कार्यालय छैनन्, जिल्लामा भएका कार्यालय पनि हामीप्रति जवफदेही छैनन्, यस्तो अवस्थामा रकम खर्च गर्न कठिन हुन सक्छ’। 

आर्थिक मामिला मन्त्रीले आफ्नो क्षेत्रमा बजेट केन्द्रित गरेको भन्दै सत्तापक्षकै असन्तुष्ट सांसदहरुले बजेट पारित हुन नदिने चेतावनी दिए पछि गत ८ गते संसदीय दलको बैठक बोलाएर नेकपा नेता लेखराज भट्टले बजेटको समर्थन गर्न उर्दी जारी गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्री बोहरासँग असन्तुष्ट सांसदको दुरी 
बढ्दै गएकाले बजेटको बचाउ गर्नुपर्ने भन्दै नेकपाका नेता लेखराज भट्ट संसदीय दलको बैठकमा उपस्थित भएर उर्दी जारी गरेका थिए। 

बैठकमा सत्तारुढ दलका अमर साउद, पूर्णा जोशी, लालबहादुर खड्का र बलदेब रेग्मीले सात नम्बर प्रदेशको समृद्धी ल्याउने गरि बजेट आएको बताए । उनीहरुले बजेट कार्यान्वयनमा जोड दिनु पर्ने बताएका थिए । बिहिबार सत्तारुढ दलका प्रदेश सभा सदस्यहरुले बजेटका बचाउ गरे भने विपक्षी दलका प्रदेश सभा सदस्यहरुले मिश्रीत धारण व्यक्त गरेका थिए । 

असार १ गते प्रदेश सातको सरकारले २५ अर्ब ६ करोड ५६ को बजेट ल्याएको छ । उक्त बजेटका बिषयमा असार ४ गते देखि प्रदेश सभामा छलफल चलिरहेको छ । अब अर्काे बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि आह्वान गरिएको छ । शुक्रबार प्रदेश सभा सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि बजेट पारितका लागि प्रस्ताब आउने संसद सचिवालले जनाएको छ ।

'२ करोड कम भयो, फिर्ता लैजानुस्'

यसैबीच प्रदेश सभा बैठकमा आफ्ना योजना नपरेकोप्रति सांसदहरुको असन्तुष्टि राष्ट्रिय जनता पार्टीकी सांसद मालामति कुमारी रानाले सांसदहरुका लागि प्रदेश सरकारले प्रस्ताव गरेको २ करोड रकम कम भएको बताएकी छिन् । 

उनले निर्वाचन क्षेत्र विकास कोषका नाममा प्रदेश सरकारले प्रत्येक सांसदहरुलाई २ करोड उपलब्ध गराउने प्रस्ताब उचिन नभएको बताइन् ‘दुई करोडका दरले बजेट बिनियोज गरिएको छ, दुई करोडले केही हुदैन’ रानाले भनिन् ‘त्यो पैसा पनि फिर्ता लैजानुहोस् ।’ प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदहरुका लागि मात्रै निर्वाचन क्षेत्र विकास कोषको व्यवस्था गरेको भन्दै उनी संसद बैठकमै कड्किइन् । प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने गरि निर्वाचन क्षेत्र विकास कोषका मार्फत दुई करोड दिने प्रस्ताव सरकारले गरेको छ । 

निर्वाचन क्षेत्र विकास कोषमा समानुपातिक सांसद सदस्यको रुपमा रहने उल्लेख छ । रानाले आफ्नो कुनै पनि योजना नपरेको बताइन् । उनले भनिन् ‘म उमेरमा पाको, पूर्व सांसद तर मैले हालेको एउटा योजना रातो किताबमा अटाएन, उनले भनिन् ‘भैतिक मन्त्रालयमा बसे, योजनामा माथि छलफल गरे तर अहिले कुनै योजना परेन ।’ नेपाली कांग्रेसकी अम्बी कुमारी थापाले पनि आफुले सरकारलाई दिएका मध्ये कुनै पनि योजना नसमेटिएको बताइन् । 

'प्रतिपक्ष भनेर हेपेको हो?'

‘मैले ३० वटा योजना सरकारलाई बुझाएको थिए, तर एउटा पनि समेटिएको छैन थापाले प्रश्न गरिन् ‘प्रतिपक्ष भनेर हेपेको हो ?’ सरकारले आंशिक बजेट ल्याउँदा पनि प्रतिपक्षको सम्मानजनक उपस्थिती हुन नसकेको उनले बताइन्। ‘हामीले पटक-पटक प्रदेश सभामा हाम्रो माग राख्यौं, तर सरकारले सम्बोधन गरेन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।