काठमाडौं- जारी विश्वकपमा समुह ‘एच’ का अन्तिम दुई खेल शुरु भएका छन्।
समुह ‘एच’ को शिर्ष स्थानमा रहेको जापानले समुहको पछारमा रहेको पोल्याण्डसंग खेल्दै छ। खेल भोल्गोगार्ड अरिनामा नेपाली समय अनुसार ७:४५ बजे शुरु हुदैछ।
त्रिकोणात्मक प्रतिसपर्धा रहेको समुह ‘एच’ को आजको खेलमा जापानले पोल्याण्डसंग बराबरी खेले पनि शिर्ष १६ मा प्रवेश गर्ने छ भने पोल्याण्ड आफ्नो अन्तिम खेल जित्दै घर फर्कने दाउमा रहेको छ।
त्यस्तै समुह ‘एच’ कै अर्को खेल सेनेगल र कोलम्वियाबिच निकैनै प्रतितसपर्धात्मक रहेको छ ।
यस खेलमा कोलम्विया जित्ने दाउमा रहेको छ । यो खेल जितेमा समुहको दोस्रो स्थानमा रहेको सेनेगल समुह चरणबाट बाहिरिनेछ । यो खेल समरा अरिनामा नेपाली समय ७:४५ बजेनै शुरु हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४