शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संसद्‍मा जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, 'पाँच ठाउँमा नाका खोल्ने विषयमा छलफल भएको छ’

संसद्‍मा जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, 'पाँच ठाउँमा नाका खोल्ने विषयमा छलफल भएको छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवलीले नेपाल र चीनबीचमा टिंकर भञ्ज्याङसहितका पाँच वटा नयाँ नाका सञ्चालन सम्वन्धमा चिनियाँ सरकारसँग छलफल भएको बताएका छन्।

विनियोजन विधेयक, २०७५ अन्र्तगत परराष्ट्र मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्री ज्ञवलीले भने ‘केरुङ र तातोपानी बाहेक नयाँ पाँच वटा नाका सञ्चालन गर्ने विषयमा छलफल भएको हो।’

मन्त्री ज्ञवलीले नेपाल र भारतबीचको सीमामा देखिएका विवादलाई समाधान गर्न पहल भइरहने बताए। उनले सुस्ता र कालापानी क्षेत्रको सीमा विवाद यथावत रहेको भन्दै पर्साको छपकैयामा नेपाली जनतासँग धनीपूर्जा भएको तर भारतले उपभोग गरिरहेको भन्ने समस्या निरुपण गर्न वाँकी रहेको बताए।
 
उनले भारतको रक्सौल रेलवे क्षेत्रमा नेपाल सरकारको जग्गा रहेको (लिजमा लिएको) तर त्यसको उपभोग गर्न भने नसकेको विषयमा छलफल गरिने बताए।
ज्ञवालीले दैनिक दुई हजार पाँच सय राहदानी वितरण भइरहेको र जिल्ला प्रशासन कार्यालयलबाट वितरण गर्ने व्यवस्था गर्न लागिएको भन्दै वर्तमान सरकार राष्ट्रवादी भएकोले कुनै पनि देशप्रति नढल्किएको बताए।

डेनमार्कले नेपालस्थित दूतावास फिर्ता लिए पनि अवैतानिक महावाणिज्य दूतावास खोल्ने बिषयमा आग्रह गरिएको बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।