शुक्रबार, वैशाख १४, २०८१

प्रेमिसंग मिलेर श्रीमानको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छिन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ की लक्ष्मी बडेलाले आफ्नो प्रेमीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ  । 

कैलाली प्रहरीले दिएको जानकारी अनुसार कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मीले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमाने हत्या गरेकी हुन् । 

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी वलीले लक्ष्मीले प्रेमीसँग मिलेर बिष्टलाई भासु भिरबाट तल खसालेर हत्या गरेको जानकारी दिए ।

प्रहरीका अनुसार असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही रातिदेखि तेजबहादुर वेपत्ता भए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि असार १० गते प्रहरीलाई खबर गरे । 

प्रहरीले अनुसन्धान थाल्दा ८ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा पु¥याएर रडले टाउकोमा हानेर उनी सवार म १ प ७४७७ को मोटरसाइकलसहित तल खसालेर फर्किएको भेटिएको छ । 

प्रहरीले सडकबाट करिव एक सय मिटर तल मोटरसाईकल र करिव दुई सय मिटर तल शब फेला पारेको जनाएको छ । शव र मोटरसाईकल भर्खरै धनगढी ल्याईपु¥याईएको छ । 

प्रहरीले बिष्ट वेपत्ता भएको खबर पाएलगत्तै दुवै जनामाथि अनुसन्धान थालेको थियो । उनीहरुकै बयानका आधारमा प्रहरी घट्नाको नजिक पुगेको हो । 

प्रहरीका अनुसार अनुसार दीपक र लक्ष्मीले पहिलादेखि नै एकअर्कालाई मन पराउँथे । लक्ष्मीले दीपकसँग विवाह गर्न चाहेपनि परिवारले नमानेर विष्टसँग विवाह गरिदिएका थिए । उनीहरुको गत बैशाखमा मात्र विवाह भएको खुलेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।