शुक्रबार, वैशाख १४, २०८१

पश्चिम तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- केहिदिन यता लगातार बढ्दै गएको गर्मीका कारण पश्चिम तराईकोे जनजीवन नराम्ररी प्रभावित भएको छ । 

लगातार रुपमा बढ्दै गएको गर्मीमा शनिबार बेलुकी केहि छिन परेको पानीले केहि राहत भए पनि त्यसयता गर्मी झन बढेको छ । सोमबार धनगढीको गर्मी ४२ डिग्री सेल्सियस सम्म पुगेको छ । बढ्दै गएको गर्मीका कारण बालबालिका, वृद्धवृद्धा र मजदुर थप समस्या परेका छन् । 

गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मी बढ्दै जाँदा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् ।

अत्यधिक गर्मी बढ्दा हैरान बनेका सर्वसाधारण पटक-पटक विद्युत अवरुद्ध हुँदा थप हैरान नबनेका छन्। गर्मी बढ्दै जाँदा कतिपय व्यक्ति गर्मी छल्नकै लागि स्वीमिङ पुलमा नुहाउने तथा चुरेपहाडको बूढीतोला र खानीडाँडासम्म पुग्न थालेका छन् । वर्षा नभएको र गर्मी बढ्दै जाँदा आकाशको पानीको भरमा धान रोपाइँ गर्ने तयारीमा रहेका कृषकले पानीको अभावमा रोपाइँ गर्न सकेका छैनन् । बोरिङको पानी तानेर गरिएको रोपाइँ पानीको अभावमा सुक्न थालेको छ भने खेतबारीमा राखिएको धानको ब्याड पनि सुकेका स्थानीय कृषक धनिराम चौधरीको बताए । यस क्षेत्रमा मनसुन अझैसम्म सक्रिय हुन सकेको छैन । 

भिमदत्त नगरका विद्यालय ४ दिन बन्द

यसैबीच गर्मी अत्यधिक बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्र भित्र रहेका सबै नीजी तथा सामुदायिक विद्यालय भोली (मंगलबार) बाट चार दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । 
नगरपालिकाले गर्मीलाई मध्यनजर गर्दै १२ गते देखि १६ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाका उपमेयर शुशिला चन्द सिंहले जानकारी दिईने । गर्मी अत्यधिक बढ्दा स्कुलले बालबालिकाको पठनपाठनमा निकै प्रभाव परिरहको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।