शुक्रबार, वैशाख १४, २०८१

भौंतारिँदै नेपाल प्रहरीका दुई डीआईजी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गत ५ जेठमा नेपाल प्रहरीका नयाँ डीआईजीहरूको पदस्थापना भयो। सात वटा प्रदेशमा खटाइएकामध्ये पाँच डीआईजी यसअघि सोही दरबन्दी रहेका कार्यालयमा बसिरहेका छन्, दुई जनाचाहीं कार्यालय र दरबन्दीको ठेगान नहुँदा भौंतारिइरहेका छन्। 

प्रदेश–२ को प्रहरी प्रमुखमा सरुवा भएका दिनेश अमात्य र प्रदेश–५का शेरबहादुर बस्नेत समस्यामा परेका हुन्। प्रदेश–२ का डीआईजी अमात्यको दरबन्दी महानगरीय ट्राफिक प्रहरी महाशाखामा छ । तर, उनलाई प्रदेश–२ को प्रमुख बन्ने गरी महाशाखामा दरबन्दी राखिएको हो। 

यस्तै, प्रदेश–५ का डीआईजी बस्नेतको दरबन्दी प्रहरी महानिरीक्षकको सचिवालयमा राखिएको छ। उनीहरूको सरुवा एक महिनाअघि ५ जेठमै भएको हो । अमात्यको दरबन्दी राखिएको ट्राफिक महाशाखामा एसएसपी वसन्त पन्त प्रमुख छन्। डीआईजी अमात्य भने प्रदेश प्रहरीका लागि आवश्यक दरबन्दी र कार्यालयहरूको व्यवस्थापनका लागि प्रदेश-२ का जिल्लाहरूमा भौंतारिइरहेका छन्। 

डीआईजी अमात्यका लागि जनकपुर-९ ब्रम्हपुरीमा भाडामा घर लिएर कार्यालय राखिएको छ। उनका लागि संघीय प्रहरी एकाइ, जनकपुरका प्रमुख एसएसपी शेखर कोइरालाले आफ्नो सरकारी निवास उपलब्ध गराएका छन्। एसएसपी कोइराला भने डीआईजी कार्यालयको क्वार्टरमा बस्दै आएका छन्। 

डीआईजी अमात्य त प्रदेश सरकारको केन्द्र जनकपुरमै बस्न पाएका छन्। डीआईजी बस्नेतको भने परिस्थिति फरक छ । प्रदेश सरकारको केन्द्र बुटवल तोकिएको छ । प्रदेश सरकार र संसद् बुटवलबाटै सञ्चालित छन्। डीआईजी बस्नेत भने दाङको तुलसीपुरमा बस्छन्। 

उनका लागि तुलसीपुरमा कार्यालय र निवासको व्यवस्था गरिएको छ। शुरुमा प्रदेश–५का लागि खटाइएका अतिरिक्त महानिरीक्षक (एआईजी)लाई तत्कालीन अञ्चल प्रहरी कार्यालयमा राखिएको थियो। पछि घर भाडामा लिएर अलग्गै राखियो। 

प्रदेश सरकारसँग समन्वय गर्नुपर्दा डीआईजी बस्नेतले एक सय ७० किलोमिटर टाढाको बुटवल धाउनुपर्छ। 



नेपाल प्रहरीको वेबसाइटमा प्रदेश-२ र ५ को लिंक पनि छैन। दुवै कार्यालयमा त्यसका लागि आवश्यक कम्प्युटर र शाखाको दरबन्दी पनि उपलब्ध छैनन्। १ साउनदेखि मात्र ती कार्यालयमा दरबन्दी पठाइने प्रधान कार्यालयले बताएको छ। 

दाङका बासिन्दा प्रदेश प्रहरीको कार्यालय अन्यत्र सार्न दिने पक्षमा छैनन्। तुलसीपुरमै उच्चअदालत पनि स्थापना भइसकेको छ। 

प्रदेश–५ मा अहिले बुटवल र नेपालगञ्जमा तालिम केन्द्र छन्। भैरहवा र नेपालगञ्जमा संघीय एकाइ कार्यालय लुम्बिनी र भेरी छन्। नेपालगञ्जको तालिम केन्द्र प्रदेश–७ को दिपायल सारिँदैछ । नेपालगञ्जकै संघीय एकाइ कार्यालय पनि सुर्खेत सर्दैछ। कोहलपुरको दंगा नियन्त्रण प्रहरी गण पनि सुर्खेत सर्दैछ। 

यस्तै, कोहलपुर र बुटवलमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय छन्। कोहलपुरको ट्राफिक पनि सुर्खेत सर्दैछ। प्रदेश–२ मा अहिले तीन वटा संघीय एकाइ कार्यालय छन्, सप्तरीको राजविराज, जनकपुर र वीरगञ्जमा । राजविराज र वीरगञ्जका कार्यालय खारेज हुँदैछन्। ती कार्यालयका सबै दरबन्दी प्रदेश प्रहरीमा सारिँदैछन्। संघीय एकाइ मेचीको केही दरबन्दी पनि प्रदेश–२ प्रहरीमा आउँदैछ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।