शुक्रबार, वैशाख १४, २०८१

भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबारदेखि

कोरोनाविरुद्धको खोप (भेरोसेल) को महिलो मात्रा लगाएकालाई शुक्रबारदेखि दोस्रो मात्रा लगाइँदैछ।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं- कोरोनाविरुद्धको खोप (भेरोसेल) को महिलो मात्रा लगाएकालाई शुक्रबारदेखि दोस्रो मात्रा लगाइँदैछ। स्वास्थ्य सेवा विभागले देशभरका जिल्ला स्वास्थ्य कार्यालयहरुलाई भीड नहुने गरी खोपकेन्द्रको व्यवस्थापन गर्न निर्देशन दिएको छ। जसअनुसार काठमाडौंमा एक महानगरसहित १० वटा नगरपालिकामा ९ वटा अस्पतालसहित १४७ वटा खोप केन्द्र तोकिएको छ।

triton college

स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार पहिलो मात्रा लगाएको कार्ड, विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित नम्बरका आधारमा दोस्रो मात्रा लगाइनेछ।

काठमाडौं महानगरमा ३२ वडा खोपकेन्द्रबाट खोप लगाइनेछ। महानगरमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुका लागि राधास्वामी आइसोलेसन, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी, परोपकार प्रसुति अस्पताल र काठमाडौं मेडिकल कलेज सिनामंगल खोप केन्द्र तोकिएको छ। 

यस्तै खोप अनिवार्य गरिएका देशमा जानेहरुले भने वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी  अस्पताल र शसस्त्र प्रहरी अस्पतालबाट खोप लगाउन पाउने छन्।

प्रकाशित: Aug 04, 2021| 17:13 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।