शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बहुदलीय प्रतिस्पर्धा सशस्त्र संघर्षभन्दा कठिन : नेकपा

बहुदलीय प्रतिस्पर्धा सशस्त्र संघर्षभन्दा कठिन : नेकपा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीले बहुदलीय प्रतिस्पर्धा सशस्त्र संघर्षभन्दा कठिन भएको निष्कर्ष निकालेको छ। 

पार्टीको सैद्धान्तिक तथा राजनीतिक प्रतिवेदनमा उल्लेख छ, 'शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता हासिल गर्ने विषय सहज होइन। यसका लागि आम जनताको सचेत, स्वेच्छिक तथा अविच्छिन्न समर्थन अनिवार्य पूर्वशर्त हो।' 

कम्युनिस्ट पार्टीले आफूलाई निरन्तर नैतिक र आचरणगत रूपमा स्वच्छ, पारदर्शी र जनमुखी बनाइरहनु निकै कष्टसाध्य काम रहेको ठहर दस्तावेजमा छ। त्यसका लागि खुला समाज, विभिन्न वर्गको प्रतिनिधित्व गर्ने शक्तिहरूको उपस्थिति, साधनस्रोत, शक्ति र बाह्य समर्थनमा तुलनात्मक रूपमा बलियो बुर्जुवा एवं पश्चगामी वर्गको निरन्तर प्रतिरोधलाई त्यसमा बाधक तत्वका रूपमा औंल्याइएको छ। 

यस्तै, पुँजीवादी भूमण्डलीकरण र यसले सिर्जना गरेका व्यक्तिवाद, उपभोक्तावाद र गैरराजनीतिक, गलत वैचारिक मान्यता एवं समाजमा विद्यमान पछौटे चिन्तनका बीचबाट जोगिएर गुज्रनुपर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनमा ठूला पुँजीपति वर्ग एवं कर्पोरेट गृहको स्वामित्वमा सञ्चालित सञ्चार माध्यम, परम्परागत राज्य संरचना र प्रतिकूल विश्व परिस्थिति थप चुनौतीका रूपमा रहेको औंल्याइएको छ। यस्तो अवस्थामा कम्युनिस्ट पार्टीले आफूलाई हमेशा जनताको सेवकका रूपमा प्रस्तुत गर्नुपर्ने र  जनताको अपेक्षा र आकांक्षामा आफूलाई निरन्तर खरो उतार्नुपर्ने उल्लेख छ।

निरन्तर शुद्धीकरण गरिरहनुपर्ने र जनताको बदलिँदो चाहनाको प्रतिनिधिका रूपमा आफूलाई निरन्तर अद्यावधिक गरिरहनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। बहुदलीय प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न समाजका विभिन्न तप्काको मत प्राप्त गर्नुपर्ने बाध्यता र सर्वहारा–श्रमजीवी वर्ग पक्षधरताको संरक्षणका बीचमा सन्तुलन मिलाउन विशेष कुशलता अवलम्बन गर्नुपर्ने पनि उल्लेख छ। 
खुला समाज र भूमण्डलीकृत विश्व परिवेशमा क्रियाशील कम्युनिस्ट पार्टीले त्यस खुल्लापनबाट आउने ताजा हावा र अनुकूल विषयहरूलाई ग्रहण गर्ने र प्रदूषणबाट बचाइराख्न विशेष सजगता अपनाउनुपर्ने उल्लेख छ। प्रतिवेदनमा फौजी र भूमिगत शैलीको संगठन अस्वीकार गरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।