फाइल तस्बिरसुनसरी- हेटौंडाबाट विराटनर जाँदै गरेको ट्रक सप्तकोशीमा खस्दा दुर्इ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।
स्काभेटर बोकेको ट्रक मंगलबार सप्तकोशीको दायाँ भागको ३२०/२१ नम्बर ढोकाबाट खस्दा दुर्इ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी चताराका ट्रक चालक विनोद बराइली र विराटनगर झुम्काका घनश्याम चौधरी छन् ।
घाइते सात जनामध्ये तीनजनाको अवस्था गम्भिर रहेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले बताएका छन् । गम्भिर घाइते तीनजनालार्इ थप उपचारका लागि विराटनगर लगिएको छ भने अन्य पाँच जनाको स्थानीय इनरुवा अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४