शुक्रबार, वैशाख १४, २०८१

सुनसरीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु 

सुनसरीको कोशी गाउँपालिका-८ नङ्खुटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

विराटनगर- सुनसरीको कोशी गाउँपालिका-८ नङ्खुटोलस्थित पूर्व-पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

triton college

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको माइक्राे बसले बिहान ८ बजे विपरीत दिशाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको डाक्नेश्वरी–५ का २८ वर्षीय उदय साह, मोटरसाइकलको पछाडि सवार मोरङको विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडी चालक नुवाकोटको विदुर नगरपालिका–१३ का ३५ वर्षीय विवश तामाङ र सह–चालक विदुर–११ का २५ वर्षीय नारायण बस्यालको विराट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 27, 2021| 07:55 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।