शनिबार, वैशाख २९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित थप ३० जनाको मृत्यु, २०१६ जनामा संक्रमण 

कोरोना संक्रमित थप ३० जनाको मृत्यु, २०१६ जनामा संक्रमण 

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएसँगै यो संख्या ८ हजार ९७५ जना पुगेको हो। यस्तै पछिल्लो २४ घण्टामा थप २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

triton college

मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।

यस्तै पछिल्लो २४ जनामा ४९१४ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ। निको भएको दर ९१.९ प्रतिशत हो। 

सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेकोमा ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन्। यस्तै संक्रमित ७३४ जनाको आईसीयूमा र २२२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको  मन्त्रालयले जनाएकाे छ।

प्रकाशित: Jun 26, 2021| 11:25 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।