शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सभापति उठ्नेबारे नुवाकोटका दुई नेताको धारणा समान

कांग्रेस सभापति उठ्नेबारे नुवाकोटका दुई नेताको धारणा समान

उनीहरूले सभापतिमा आफूहरू पनि उम्मेदवार भएका बताएका थिए। तर यदि पौडेल पक्षभित्र सहमतिमा एक जना मात्र उम्मेदवार तयार गरी अघि बढ्न सकिने अवस्था आए आफूहरू पछि हट्न सक्ने बताएको भेलामा सहभागी एक नेताले बताए। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेताहरू डा रामशरण महत र अर्जुननरसिंह केसीले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने बारे समान धारणा राखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बसुन्धरा भेलाका क्रममा नुवाकोटका दुवै नेताहरूले समान धारणा राखेका हुन्। 

triton college

उनीहरूले सभापतिमा आफूहरू पनि उम्मेदवार भएका बताएका थिए। तर यदि पौडेल पक्षभित्र सहमतिमा एक जना मात्र उम्मेदवार तयार गरी अघि बढ्न सकिने अवस्था आए आफूहरू पछि हट्न सक्ने बताएको भेलामा सहभागी एक नेताले बताए। 

'कांग्रेसमा विभिन्न जिम्मेवारीमा काम गरिसकेकाले अब मेरो चुनाव लड्ने पद भनेको सभापति नै हो। यसका लागि तयारी पनि गरेको छु,' डा महतलाई उद्धृत गर्दै भेलामा सहभागी ती नेताले भने, 'तर सहमति हुन्छ र एक जना मात्र उम्मेदवार खडा गर्न सकिन्छ भने सहमतिमा आउन सकिन्छ।' 

नेता केसीले पनि उनको जस्तै धारणा पौडेल भेलामा राखेका थिए। 'सहमतिमा एक जना उम्मेद्वार हुने हो भने छाड्न सकिन्छ। तर एकभन्दा बढी उम्मेद्वार हुने स्थिति आए पछि हट्ने भन्ने कुरा हुँदैन,' केसीलाई उद्धृत गर्दै ती नेताले भने। 

गत प्रतिनिधि सभा निर्वाचनमा दुवै जना नुवाकोटबाट उम्मेदवार थिए। तर दुवै नेता पराजित भएका थिए। 

corrent noodles
Metro Mart

प्रकाशित: Jun 25, 2021| 15:06 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।