शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मेलम्ची विपत् : राहत र पुनर्निर्माणमा जुट्न प्रधानमन्त्रीको निर्देशन

मेलम्ची विपत् : राहत र पुनर्निर्माणमा जुट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा आएको प्राकृतिक विपतको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा आएको प्राकृतिक विपतको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

triton college

जिल्लामा बाढीपहिरोेबाट पुगेको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो निर्देशन दिएका हुन् ।

सिन्धुपाल्चोकको विपत्ति मानवीय संकट भएको बताउँदै प्रधानमन्त्री ओलीले यसमा कसैले  राजननीति गर्न नहुने बताए। पुल बगाएको स्थानमा बेलिब्रिजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको उनको भनाइ छ ।

बाढीको पूर्वसूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्न पनि निर्देशन दिए ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटिका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन गर्न, बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पुनःनिर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरे।

corrent noodles
Metro Mart

विस्थापित ४ सय परिवारको अस्थायी बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थायी बासस्थान निर्माण गर्ने, नदी किनाराका बजार संरक्षण र पुनःव्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरुको पुनःनिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रेभत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ । 

सिन्धुपाल्चोकमा असार १ गतेपछि परेको  वर्षापछि उत्पन्न बाढीपहिरोका कारण १६ जनाको मृत्यु भएको छ भने चार सय परिवार विस्थापित छन् ।

प्रकाशित: Jun 25, 2021| 09:00 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।