शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति-प्रधानमन्त्रीले संविधान र संसद्को हत्या गरी आफूअनुकूल हुने निर्णय गरे : संविधानविद् भट्टराई

राष्ट्रपति-प्रधानमन्त्रीले संविधान र संसद्को हत्या गरी आफूअनुकूल हुने निर्णय गरे : संविधानविद् भट्टराई

संविधानविद टीकाराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र प्रतिनिधिसभाको हत्या गरेर आफ्नो अनुकुल हुने निर्णय गरेको टिप्पणी गरेका छन्। 
 |  शुक्रबार, असार ११, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

vianetvianet

काठमाडौं- संविधानविद् टीकाराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र प्रतिनिधिसभाको हत्या गरेर आफ्नो अनुकूल हुने निर्णय गरेको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस गर्दै भट्टराईले यस्तो बताएका हुन्।

‘संविधानको धारा ७६ को उपधारा ५ पटकपटक एकै ब्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि होइन,’उनले भने,‘प्रधानमन्त्री र राष्ट्रपतिले अनेक तिग्डम गरेर संविधानका सबै धारा अनुसार आफै प्रधानमन्त्री बनाउने बदनियतका साथ काम गरेका छन्।’

उपधारा ५ बमोजिम विश्वासको मत दिदा दलको ह्वीप लाग्दैन स्वतन्त्र जनप्रतिनिधि भए पुग्छ भन्दै उनले राष्ट्रपतिले को कुन दलको भनेर कसरी सबैलाई चिन्नुभयो भन्दै प्रश्न गरे। 

‘विद्यादेवी भण्डारीले को कुनको दलको हो भनेर चिन्न सक्छिन तर राष्ट्रपतिले सक्नु हुन्न,’उनले भने,‘बहुमत सदस्य आएपछि प्रधानमन्त्री नियुक्त गर्नुपथ्र्यो।’

Metro Mart

धारा ७६ को ५ संसद बचाउने अन्तिम उपायका रुपमा संविधानमा राखिएको उनले प्रष्ट पारे। प्रधानमन्त्री पदका लागि दाबी गरेकाहरूमध्ये कसैलाई पनि नियुक्त नगर्ने अधिकार राष्ट्रपतिसँग  नभएको उनको जिकिर छ।

प्रकाशित: Jun 25, 2021| 07:42 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।