शनिबार, वैशाख १५, २०८१

लागुऔषधसहित भारतीय युवा पक्राउ 

विराटनगरबाट लागुऔषधसहित सशस्त्र प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ परेका युवा भारतीय नागरिक हुन्। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

विराटनगर- विराटनगरबाट लागुऔषधसहित सशस्त्र प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ परेका युवा भारतीय नागरिक हुन्। 

triton college

सशस्त्र प्रहरी बल बिओपी दरैयाबाट खटिएको टोलीले भारतको अररिया भवानीपुर घर भई विराटनगर महानगरपालिका-१२ बखरीमा डेरा गरेर बस्ने १८ वर्षीय करन कामतलाई पक्राउ गरेको हो। 

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा विराटनगर-१६ दरैयाबाट बिहीबार पक्राउ परेका कामतलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको बताए।

उनका अनुसार कामतले पाइन्टको गोजीभित्र खुकुरी चुरोटको बट्टामा लुकाएर ल्याएको अवस्थामा लागुऔषध बरामद भएको हो। उनको साथबाट ब्राउन सुगर (खैरो हेरोइन) ३ ग्राम ४ सय मिलिग्राम र नाइट्राभेट तथा स्पास्मोप्रोक्सिभनसमेतका लागुऔषध र नेपाली एक हजार रुपैयाँट बरामद भएको एसपी पौडेलको भनाइ छ।

प्रकाशित: Jun 25, 2021| 07:25 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।