शुक्रबार, वैशाख १४, २०८१

देउवाले भने, अन्तर्घातीलाई म छाड्‍दिनँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चितवन- नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक बनाएर लैजाने संकल्प पूरा गर्ने बताएका छन् । 

नेपाल दलित संघ चितवनले सोमबार आयोजित प्रदेश नं ३ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाएर लैजाने संकल्प गरेका हुन् । 

सभापति देउवाले पछिल्लो निर्वाचनमा अन्तर्घात धेरै भएका कारण सोचेजस्तो परिणाम आउन नसकेको उल्लेख गर्दै भने,  “छिनछिनमा विचार, मनस्थिति परिवर्तन गर्नेका कारण निर्वाचनमा हार व्यहोर्नु परेको बताए ।” 

“अब यस्ता अन्तर्घातीलाई कारबाही गरेर पार्टी एक बनाउने संकल्प लिएको छु,” उनले भने । 

सभापति देउवाले निर्वाचनमा हारको सम्पूर्ण जिम्मेवारी नेतृत्वलाई मात्र दिएर हुँदैन भन्दै हार के कारणले भयो, उम्मेदवारले भन्नुपर्ने बताए । 

“आफू नेपाली कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ हिँडेको छु,” उनले भने, “पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरी अन्तर्घातमुक्त पार्टी बनाउनुपर्छ, अनि मात्रै काँग्रेस पुरानो अवस्थामा फर्किन्छ ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नेपालको इतिहासमा पहिलो पटक ठूला दुई वाम दल गठबन्धन गरेर र कांग्रेस एक्लै निर्वाचनमा होमिएको उल्लेख गर्दै तालमेल गर्दा पनि कांग्रेसका कार्यकर्ताहरुले भोट नहालेको बताए । 

'स्थानीय निर्वाचनमा तालमेल गर्दा मत हाल्न सकिदैन भनेर विरोध गर्ने अनि तालमेल नगर्दा सभापतिको कारण निर्वाचन हारियो भन्ने यो कस्तो कुरा हो', उनले प्रश्न गरे । 

कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई कसरी एक ढिक्का बनाएर लैजाने भन्ने प्रश्न चिह्न खडा भएको बताए । वाम एकतासँग प्रतिस्पर्धा गर्ने समयमा पार्टीभित्रको तिक्तताले समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले अहिलेको समय पार्टीभित्र एकता भए मात्र वाम एकतासँग जुध्न सकिने धारणा व्यक्त गरे । 

महामन्त्री डा कोइरालाले काँग्रेस एक भए कुनै शक्तिको तागतले भेट्न नसक्ने बताउँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक हुँदा पनि एउटै विचार भएका व्यक्ति मिल्न नसक्नु दुःखद् भएको विचार व्यक्त गरे । 

सहमहामन्त्री डा प्रकाशशरण महतले आन्तरिक मतभेदको अन्त्य गरेर पार्टीलाई विपक्षीसँग प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताउँदै कम्युनिष्टले राष्ट्रियतालाई सत्तामा जाने भर्‍याङ मात्रै बनाएको आरोप लगाए । 

कांग्रेसले सरकारको गलत कामको भण्डाफोर गर्ने समय आएको बताउँदै उनले कम्युनिष्टले भ्रमको राजनिति गरेर जनतालाई झुक्याउने काम गरेको धारणा व्यक्त गरे । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा डिला संग्रौला, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, महिला संघकी अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जितजँग बस्नेतलगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । 

दुई दिनसम्म चल्ने प्रशिक्षणमा प्रदेश नं ३ का काँग्रेसबाट वडा तहमा प्रतिनिधित्व गर्ने र चितवनका उपविजेता बनेकासहित २०० दलित सदस्यको सहभागिता रहेको आयोजक दलित संघ चितवनका अध्यक्ष शान्ति परियारले बताए । 

प्रकाश अधिकारी, मीना खरेल, मुन्नाबिक्रम खातिले उनीहरुलाई स्थानीय तहमा निभाउनुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।