शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सीसीटीभीको सहारामा यसरी पत्ता लाग्यो विमानस्थल गोदामका ‘ल्यापटप चोर’

सीसीटीभीको सहारामा यसरी पत्ता लाग्यो विमानस्थल गोदामका ‘ल्यापटप चोर’

कहाँ गयो त ल्यापटप? कार्गो संचालन गर्ने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका कर्मचारीहरुबीच हल्लीखल्ली मच्चियो। जसका लागि कुरियर भएर आएको थियो, उसलाई के जवाफ दिने? कम्पनीभित्र तनाव सिर्जना भयो। 
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गो भवनमा जेठ ७ र ११ गते ५०७ पिस ल्यापटप आयात गरी राखिएको थियो। तर, त्यसमध्ये आयात भएको दुई साताको अन्तरालमा १३ थान ल्यापटप गोदामबाट एकाएक गायब भयो। 

triton college

कहाँ गयो त ल्यापटप? कार्गो संचालन गर्ने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका कर्मचारीहरुबीच हल्लीखल्ली मच्चियो। जसका लागि कुरियर भएर आएको थियो, उसलाई के जवाफ दिने? कम्पनीभित्र तनाव सिर्जना भयो। 

त्यसपछि कम्पनीको विमानस्थल शाखाले यो तत्कालै महानगरीय विमानस्थल सुरक्षा कार्यलय र महानगरीय प्रहरी अपराध महाशाखालाई ल्यापटप चोरीको खबर गर्‍यो। ल्यापटप चोरी भएको करिब एक महिनापछि प्रहरीले ११ थान ल्यापटपसहित चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। चोरी गर्ने व्यक्ति अरु कोही नभएर गोदाम व्यवस्था कम्पनी मातहात नै काम गर्ने कर्मचारी रहेछन्। 

कसरी चोरियो ल्यापटप? 
महानगरीय प्रहरी अपराध महशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार ल्यापटप चोरी गर्ने व्यक्ति विमानस्थलको कार्गोमै कार्यरत गाकर्णेश्वर-८, बेशीगाउँ बस्ने २९ विष्णु अधिकारी हुन्। प्रहरीले बुधबार उनलाई कोठाबाटै पक्राउ गरेको हो। 

प्रहरीले उनीसँग १३ थान डेल कम्पनीको ल्यापटपसँगै दुई थान चार्जर पनि बरामद गरेको छ। एसपी कोइरालाका अनुसार पक्राउ परेका विष्णुले ल्यापटप चोरी गर्न फरक फरक मितिमा दुई रात गोदाममै बिताएको पाइयो। उसले जेठ २० गते ६ थान र असार ३ गते १३ थान ल्यापटप कसैलाई थाहै नदिई गोदामभित्रै सुतेर चोरी गर्‍यो। अनि, कसैले देख्दैनन् भनेर नजिकै रहेको बिग्रिएको एक्स रे मेसिनभित्र लुकायो।  

corrent noodles
Metro Mart

‘त्यसपछि पालैपालो एक–दुइवटा गर्दै मोटरसाइकलमा राखेर घरतिर लगेको पाइयो,’ महाशाखाका एसपी कोइरालाले। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उसले ती ल्यापटप पुतलीसडकका पसलतिर लगेर बेच्न खोजेको थिए। ‘म एयरपोर्टको कर्मचारी, लिलामीमा रहेको ल्यापटप किन्ने हो’ भन्दै पसलतिर सोध्दै पुगेका रहेछन्। 

तर, ल्यापटप चोरी गर्ने ती कर्मचारीले विमानस्थलको गोदामभित्र सिसिटिभी रहेको ख्याल गरेनन्। र, त्यही सिसिटिभीको सहारामा प्रहरीले उनको कर्तुत पत्ता लगायो।

प्रकाशित: Jun 24, 2021| 13:16 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।