बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बीएन्डसीको अध्ययन गरी फर्कियो चिकित्सा शिक्षा आयोगको टोली

बीएन्डसीको अध्ययन गरी फर्कियो चिकित्सा शिक्षा आयोगको टोली

निरीक्षणपछि राजधानी फर्किएको टोलीले प्रतिवेदन तयार गरि आयोगलाई बुझाउनेछ। ‘टोली फर्किएको छ, अब उक्त टोलीले प्रतिवेदन बुझाएपछि छलफल हुनेछ,’ लुइँटेलले नेपाल समयलाई भने। जेठ ३० गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले ७ दिन भित्र अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यकारी समितिलाई निर्देशन दिएको थियो। 
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- झापाको विर्तामोडस्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन मिल्ने/नमिल्नेबारे निरीक्षणका लागि गएको टोली राजधानी फर्किएको छ। चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डिल्ली लुँइटेलका अनुसार तीन सदस्यीय टोली बिहीबार राजधानी फर्किएको हो। 

triton college

निरीक्षणपछि फर्किएको टोलीले प्रतिवेदन तयार गरी आयोगलाई बुझाउनेछ। ‘टोली फर्किएको छ, अब उक्त टोलीले प्रतिवेदन बुझाएपछि छलफल हुनेछ,’ लुइँटेलले नेपाल समयलाई भने। जेठ ३० गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले ७ दिन भित्र अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यकारी समितिलाई निर्देशन दिएको थियो। 

कोरोना महामारीको संक्रमण जोखिम कम गर्नका लागि लगाइएको निषेध आदेशका कारण निरीक्षणमा पठाउन केही ढिलाई भएको सदस्य सचिव लुइटेलको भनाइ छ। जेठ ३१ मा आयोगको कार्यकारी समितिले तीन सदस्यीय समिति बनाएको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बीएन्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका अध्यक्ष श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर ६ घण्टा केरकार गरी दबाब दिएका थिए। तर गिरीले सम्बन्धनका लागि प्रकृया पूरा नभएको भन्दै तर्किएका थिए। 

प्रकाशित: Jun 24, 2021| 08:26 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।