शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • थारु समुदायले उत्पादन गर्ने घरेलु मदिरालाई वैधानिकता दिन सांसदको माग

थारु समुदायले उत्पादन गर्ने घरेलु मदिरालाई वैधानिकता दिन सांसदको माग

सुदूरपश्चिम प्रदेशसभा सदस्य शान्ता नेपालीले प्रदेशको कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका थारु समुदायले उत्पादन गर्दै आएको घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने माग गरेकी छन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

धनगढी– सुदूरपश्चिम प्रदेशसभा सदस्य शान्ता नेपालीले प्रदेशको कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका थारु समुदायले उत्पादन गर्दै आएको घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने माग गरेकी छन्।

triton college

सुदूरपश्चिम प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमाथिको छलफल मंगलबार बोल्दै प्रदेशसभा सदस्य नेपालीले मदिरा वैधानिकता दिएर अर्थतन्त्र बढाउन सकिने बताइन्।

‘खानचाहिँ बन्देज छैन। बनाउन पनि बनाएकै छन्। त्यसले वैधानिकता नपाएकाले प्रदेश सरकारको अर्थतन्त्रमा असर परेको छ,’ उनले भनिन्, ‘पहाडतिरको भाङ खेतीको चर्चा धेरै भएको थियो। त्यसका लागि बजेट शिर्षकमा आउँछ कि भन्ने लागेको थियो तर, आएन। अर्थतन्त्रसँग जोडिएकाले स्थानीय रक्सीलाई बजेटमा समावेश गरिनुपर्ने आवश्यक छ।’

उनले यसअघिको बैठकमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज प्रदेश सभामा उठाएकी थिइन्। मदिरा नियम २०३३ दोस्रो संशोधन नियमावली २०७४ मा कुनै व्यक्तिले निजी उपयोगका लागि एक पटकमा ५ लिटरसम्म रक्सी र दश लिटरसम्म जाँड बनाउन पाउने उल्लेख छ। तर, यसरी रक्सी र जाँड वर्षको ६ पटक भन्दा बढी बनाउन भने पाइने छैन।

प्रकाशित: Jun 22, 2021| 12:53 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।