शनिबार, वैशाख १५, २०८१

एक 'फेक' फुटबलर, जो झुटकै सहारामा 'महान्' बने

सन् २०१८ मा रिलिज भएको एउटा फिल्मले फुटबलर कार्लोस कैसरको कथा बताउँछ, जसको वास्तविक नाम कार्लोस हेन्निक राम्पोसे हो। सन् १९८० र १९९० को दशकमा २० वर्षभन्दा लामो समय ब्राजिलियन फुटबलमा राज गरेका फरवार्ड कैसरको फुटबल खेल्ने कुनै सपना नै थिएन।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- सन् २०१८ मा रिलिज भएको एउटा फिल्मले फुटबलर कार्लोस कैसरको कथा बताउँछ, जसको वास्तविक नाम कार्लोस हेन्निक राम्पोसे हो। सन् १९८० र १९९० को दशकमा २० वर्षभन्दा लामो समय ब्राजिलियन फुटबलमा राज गरेका फरवार्ड कैसरको फुटबल खेल्ने कुनै सपना नै थिएन।

triton college

नामको पछाडिका दुई अक्षरका ठाउँमा ‘कैसर’ राख्न रुचाउने कार्लोसको जन्म रियो पेड्रो ब्राजिलमा भयो। उनी बाल्यकालमा जर्मन खेलाडी तथा प्रशिक्षक फ्रान्ज बेनकबाउरलाई खुब मन पराउँथे, जसलाई फुटबलमा ‘डेर कैसर’ भनेर चिनिन्छ। त्यसकारण उनले नामका पछि कैसर राखेका थिए।

यद्यपि उनका साथी लुइसका मइरोविटच दाबी गर्छन् कि उनको उपनाम ‘कैसर बियर’ बाट राखिएको हो। जे होस्, कैसरले फुटबलमा लागेर जति फाइदा उठाए, त्यति सायदै कसैले उठायो।

तर पनि उनी फुटबलको भोगविलासमा जमिरहे। छलकपटको शृंखलासँगै बाटाफोगो क्लबबाट सुरु भएको उनको फुटबल करिअर फ्लेमेन्गो हुँदै मेक्सिकन क्लब पुगेको थियो सन् १९७९ मा।

सुरुमा मेक्सिकन क्लब पुवेलाको आँखामा परेका कैसर त्यहाँबाट खेल पनि नखेली निकालिएका थिए। त्यसपछि ब्राजिल फर्केर फुटबल खेल्न थालेका कैसर फुटबलर बन्न चाहन्थे तर फुटबल खेल्न चाहँदैनथे। उनको सपना थियो, त्यसका लागि संघर्ष गर्ने जाँगर भने थिएन।

corrent noodles
Metro Mart
कार्लोस कैसर (बीचमा)

उतिबेलाका चर्चित फुटबलर कार्लोस अल्बेर्टोस टोरेस, रिकार्डो रोचा र रेनाटो गौचोलगायत खेलाडी उनका साथी थिए। फुटबलरको ठूलो सञ्जाल भएकै कारण जब क्लबमा खेलाडीको आवश्यकता खड्किन्थ्यो, खेलाडीहरु उनलाई सम्झन्थे।

शारीरिक चालढाल खेलाडीकै जस्तो भए पनि खेलशैली कमजोर भएका खेलाडी थिए कैसर। जब उनी नयाँ क्लबसँग छोटो समयका लागि ‘फ्रड’ सम्झौता गर्थे, सुरुमा उनी म्याचका लागि फिट नभएको बताइन्थ्यो। जसले गर्दा उनले पहिलो हप्ता खेल्न पर्ने थिएन। केवल फिटनेस अभ्यासमा उनी हप्ता दिन बिताइदिन्थे।

जब उनले अन्य खेलाडीसँग अभ्यास गर्नुपर्थ्यो, उनी ह्यामस्ट्रिङ इन्ज्युरी भएको नाटक गर्थे। त्यो समयमा प्रविधिको त्यति विकास भएकै थिएन, जसले गर्दा उनको झुट सजिलै पत्ता लाग्न सकोस्।

उनीसँग एक डेन्टिस्ट साथी थिए जसले उनलाई ‘फोकल इन्फेक्सन’ भएको बताइदिन्थे। रिपोर्ट पनि दिन्थे। खासगरी जब उनी नयाँ क्लबमा जान चाहन्थे। यसकारण उनले पुरानो क्लबमा बनाएको बहाना सजिलै लुकाउन सक्थे। र, नयाँ क्लबलाई त्यो घटनाबारे थाहै हुन्थेन।

त्यसैकारण उनी नयाँ क्लबमा केही महिनासम्म टिक्ने वातावरण मिलाउँथे। त्यतिबेला उनी फ्रड भएको पनि पत्ता लाग्दैन थियो र उनीले अभ्यास पनि गर्नु पर्दैनथ्यो। उनको विषयमा अर्को मजाकको विषय के पनि छ भने, उनका एकजना पत्रकार साथी थिए। जसले उनको खेल कौशलबारे काल्पनिक कथाहरु पत्रिकामा छापिदिन्थे। ती कथाले के अर्थ दिन्थ्यो भने उनी पुवेलामा एकताका धेरै नै राम्रा खेलाडी थिए।

एकपटक उनको कथाको प्रभाव यति परिदियो कि उनलाई मेक्सिकोले आफ्नो देशको नागरिक बनाउने र राष्ट्रिय टिममा राख्ने प्रस्ताव पनि गरेको थियो। उनका यस्ता थुप्रै किस्सामध्येको अर्को एक निकै चर्चित छ। त्यतिबेला उनी खेलौना मोबाइल फोन प्रयोग गर्थे। त्यो समयमा मोबाइल प्रयोग गर्नु असामान्य मानिन्थ्यो। बोक्ने मात्र होइन, त्यो फोनमा उनी काल्पनिक संवाद पनि गर्थे। खेलौना फोनमा विदेशी भाषामा कुरा गर्थे। ठूल्ठूला टिमको प्रस्ताव क्षणभरै अस्वीकार गरिदिन्थे– जुन उनलाई अफर गरिएकै हुन्थेन। जसले गर्दा उनका छेउछाउमा भएका मानिसलाई लाग्थ्यो– उनी धेरै उच्च कोटीका खेलाडी हुन्।

त्यस्तै, जब क्लबका मालिक खेल हेर्न आउने दिन हुन्थ्यो, उनी पहिल्यै सेटिङ मिलाउँथे। मैदानमा आउनेमध्येका केही समर्थकलाई पैसा दिएर आफ्नो नामको गीत गाउन लगाउँथे। जसका कारण मालिक उनको खेल राम्रो भएको भन्ने झुट सजिलै विश्वास गर्थे।

उनी ब्राजिल फर्किएपछि बोटोफोगो क्लबमा गएका थिए। जहाँ उनले ज्यादै हास्यास्पद करिअर सुरु गरे। उनले सुरुमै डाक्टरसँग समयको घोटाला गरे। रेस्टका लागि धेरै समय माग्ने क्रममा उनले खेलौना फोनमा अंग्रेजीमा कुरा गर्दै त्यसको गलत अर्थ लगाउँथे र थप समयको कामना गर्थे। यता अंग्रेजीमा राम्रो दख्खल राखेका डाक्टरले उनको कुरा बुझिहाले। 

त्यसपछि फ्लेमेन्गोमा त्यस्तै चोटको समस्या देखाउँदै केही समय आराम गरेका थिए। यावत् घटनाका बावजुद उनले अर्जेन्टिनाका दुई टिमबाट खेलिसकेको दाबी गर्थे। त्यतिमात्र होइन, सन् १९८४ को कोपा लिबर्टेडर्स र १९८४ को अन्तर्राष्ट्रिय कप हुँदाको टिममा रहेको पनि दाबी गर्थे। साथै उनी आफूलाई अर्जेन्टिनाको टिम र क्लबमा भएको कार्लोस इनरिकका रुपमा बताउँथे। इनरिक अर्जेन्टिनाका राष्ट्रिय टिमका नियमित खेल्ने खेलाडी थिए।

उनका बारेमा के पनि बताइन्छ भने उनी १९८६ मा फ्रान्सको दोस्रो डिभिजन क्लब गजिलेक आजाक्सिउमा अनुबन्ध भएका थिए, जहाँ उनका एक साथी पहिल्यैबाट खेल्दै थिए। उनको स्वागतमा क्लबले समर्थकसँग फुटबल खेल्ने योजना बनाएको थियो। तर उनी आफू पक्राउ खाने डरले क्लबको ‘ब्याज’लाई किस गर्ने बहानामा उनले सबै बल समर्थकतर्फ फालेका थिए।

उनले त्यो क्लबबाट बिरलै मात्र खेले र एक वर्षपछि ब्राजिल फर्किए। ब्राजिल फर्किएपछि उनका पत्रकार साथीले कथा छापिदिए– कैसर गजिलेक आजक्सिउका सर्वाधिक गोलकर्ता रहे। र, त्यो काल्पनिक कथामा उनले त्यहाँ आठ वर्ष खेलेको बताइएको थियो।

सत्य पछिमात्र बाहिर आयो। उनलाई आजाक्सिउमा अनुबन्ध गर्न सहयोग गरेका भनिएका साथी थिए फाबिन्हो बारोस। जसले आजक्सिउमा चार वर्ष बिताएका थिए। फाबिन्हो कैसरले फ्रेन्च लिगमा खेलेको कुरा अस्वीकार गरेका छन्।

फाबिन्होले उनी कोर्सिया (जहाँ आजाक्सिउ क्लब छ) कहिल्यै नगएको बताएका थिए। बरु कैसर र फाबिन्होले आजक्सिउको जर्सी लगाएको तस्बिर खिचेका थिए। जुन फाबिन्होले होर्टोको एक कार्यक्रमका दौरान कैसरलाई दिएका थिए।

उनले त्यही तस्बिरको सहाराले सबै झुट फैलाएका लख काटे। ती सबै झुट कथापछिको समयमा कैसर ब्राजिलको बन्गु फुटबल क्लबमा अनुबन्धित भए। त्यहाँ पनि उनले चोट लागेको झुटो समाचार क्लबलाई दिए। पत्रिकामा चाहिँ उनीबारे समाचार आएको थियो– बन्गुसँग अहिले फुटबलको राजा छ। तर उनले खेलेका भने थिएनन्।

यता क्लबका मालिक कास्टर डी आन्द्रेस उनले अभ्यासमात्र गरिरहेको देखेर हैरान भएका थिए। एक खेलका दौरान कास्टरले प्रशिक्षकलाई कैसरलाई पनि खेलाउ भनेका थिए। तत्कालिन फिफाका अध्यक्षका नजिकका साथी रहेका आन्द्रेसले वाकीटकीबाटै प्रशिक्षकलाई खेलाउन आदेश दिएका थिए।

त्यसपछि क्लबमा उनको परीक्षाको घडी सुरु हुनेवाला थियो। त्यसबेला उनको टिम २–० गोलले पछि थियो। मैदानमा त्यतिबेला फरवार्डको आवश्यकता पनि थियो। प्रशिक्षकले उनलाई वार्मअप गर्न पठाए।

त्यतिबेला उनले देखे– विपक्षी टिमका समर्थकहरु अपशब्द बोल्दै खेलाडीलाई गाली गरिरहेका थिए। उनीहरुले कैसरलाई पनि ‘लङ हेयरर्ड फगट’ भनेका थिए। उनी त्यतिबेलै समर्थकसँग भिड्न ताम्सिए। र, मैदानमा जानुअघि नै रेड कार्ड पाए।

खेलपछि उनले समर्थकले उनलाई चोर भनेका कारण सबै भएको भन्दै झुटो बोलेर माफी पाउँदै छ महिनाको अनुबन्ध लम्ब्याएका थिए। उनका लागि खुसीको कुरा, उनको तलब पनि बढेको थियो।

उनले फ्लुमिन्सन फुटबल क्लबमा पनि त्यही मोबाइल फोन र चोटको शृंखला चलाए। जहाँ उनलाई प्रस्ताव नगरिएका थुप्रै प्रस्तावहरु अस्वीकार गरे। फोनको बनावटी संवादमा आफू क्लबमै खुसी रहेको बताउँथे उनी। एकदिन उनको त्यो हर्कत एकजना सहयोगीले पत्ता लगाएका थिए। पछि उनी भास्को डा गामा क्लबमा जोडिए जहाँ अल्कोहलमा फसेका खेलाडीलाई सहयोग गर्नुपर्ने थियो।

यता नोभेम्बर २०१५ मा उनी संयुक्त अधिराज्यको नोड्स र भजिर इन्टरटेनमेन्ट लिमिटेडसँग आबद्ध भए। जहाँ उनले आफ्नो कथा बनाएका छन्। उनको अन्तर्वार्ता फिल्मीको शैलीमा बाहिर ल्याइएको छ। जुन २०१६ को डिसेम्बरमा रिलिज भएको थियो।

‘कैसर ! द ग्रेटेस्ट फुटबलर नेभर टु प्ले फुटबल’ भन्ने सिनेमा २०१८ को अप्रिलमा आयोजित ट्रिबेका फिल्म फेस्टिबलमा देखाइएको थियो। त्यस्तै, पत्रकार रोब स्मिथले २०१८ मा उनीबारेको पुस्तक सार्वजनिक गरेका थिए। त्यसको नाम थियो– कैसरः द ग्रेटेस्ट फुटबलर नेभर टु प्ले फुटबल। उनले अन्तर्वार्तामा भनेका थिए– मसँग फुटबलको केही कौशल त थियो, तर प्रयोग गर्न चाहँदिनथें।

द गार्जियनबाट भावानुवाद

प्रकाशित: Jun 22, 2021| 14:45 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।