बुधबार, वैशाख २६, २०८१

आम्दानीअनुसार कति तिर्नुपर्छ आयकर? [करको दरसहित] 

आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०७८–०७९ मा लाग्ने आयकरको विवरण सार्वजनिक गरेको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०७८–०७९ मा लाग्ने आयकरको विवरण सार्वजनिक गरेको छ। गत १५ जेठमा बजेटसँगै आएको आर्थिक ऐनमा आयकरको दरमा खासै परिवर्तन नभएकाले करमा कुनै हेरफेर भने नभएको विभागले जनाएको छ।

triton college

विभागका अनुसार एकल व्यक्तिले वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्दा १ प्रतिशत आयकर तिर्नुपर्ने छ। ४ लाख रुपैयाँसम्म आम्दानी गर्दा १ प्रतिशत अर्थात् वार्षिक ४ हजार रुपैयाँ आयकर बुझाउनु पर्ने छ। त्यस्तै ४ लाखदेखि ५ लाख रुपैयाँ आम्दानी भएमा ४ लाख रुपैयाँसम्म १ प्रतिशत र बाँकी १ लाखमा १० प्रतिशत आय कर लाग्ने विभागले जानकारी दिएको छ। वार्षिक ५ लाख आम्दानी हुने एकल व्यक्तिले वर्षमा १४ हजार रुपैयाँ आयकर तिर्नुपर्ने छ।

त्यस्तै दम्पतीको हकमा ४ लाख ५० हजार रुपैयाँसम्म १ प्रतिशत आयकर लाग्ने आन्तरिक राजश्व विभागले जनाएको छ। सो भन्दा माथि ५ लाख ५० हजार रुपैयाँसम्म आम्दानी भएमा थप १० प्रतिशत आयकर तिुर्नपर्ने विभागले उल्लेख गरेको छ। वार्षिक साढे ५ लाख आम्दानी हुने दम्पतीले वर्षमा साढे १४ हजार आय कर तिुर्नपर्ने छ।

एकल व्यक्तिको वार्षिक आम्दानी ५ लाखदेखि ७ लाख रुपैयाँसम्म भएमा थप रकममा २० प्रतिशत आयकर लाग्ने विभागले जानकारी दिएको छ। ७ लाख रुपैयाँ आम्दानी हुने एकल व्यक्तिले ३४ हजार रुपैयाँ आयकर तिर्नुपर्ने छ। दम्पतीको हकमा साढे ७ लाख वार्षिक आम्दानी भएमा वार्षिक ३४ हजार ५ सय रुपैयाँ आयकर तिर्नुपर्ने छ।

विभागले एकल व्यक्तिलाई ७ लाख देखि २० लाख रुपैयाँ आम्दानी भएमा ३० प्रतिशत र दम्पतीलाई साढे ७ लाख देखि २० लाख रुपैयाँसम्म हुँदा ३० प्रतिशत आयकर लागने उल्लेख गरेको छ। त्यस्तै २० लाख भन्दा माथि वार्षिक आम्दानी ३६ प्रतिशत आयकर लाग्ने आन्तरिक राजस्व विभागले जानकारी दिएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 22, 2021| 11:19 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्