शुक्रबार, वैशाख १४, २०८१

जेठ ३० यता बाढीपहिरोमा २० जनाको मृत्यु, २१ बेपत्ता

वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आज सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आज सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

triton college

मृत्यु हुनेमा १३ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका छन्। सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ, पाँचथर र बाजुरामा १–१ जनाको मृत्यु भएको छ।

बाढी तथा पहिरोमा परी ८ सय ६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। तीमध्ये मनाङमा ६५६ जना, सिन्धुपाल्चोकमा १२३ जना, सल्यान र लमजुङमा ८–८ जना, दाङ र गोरखामा ४–४ जना र कञ्चनपुरमा ३ जना छन्। उनीहरुलाई विभिन्न अस्पतालमा लगिएको छ। 

बाढीपहिरो र डुबानमा परी २० जना घाइते भएका छन्। तीमध्ये १३ जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका छन्। सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३–३ जना, जुम्ला र कास्कीमा २–२ जना, स्याङजा, चितवन, सल्यान, पाँचथर र दार्चुलामा १–१ जना घाइते भएका छन्।

बाढीपहिरोमा परी २१ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा १४ जना पुरुष, ५ जना महिला र २ जना बालक छन्। बेपत्ता हुने सिन्धुपाल्चोकका २० जना र बाजुराका १ जना हुन्।

corrent noodles
Metro Mart

पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुचारु गराइएको  प्रहरीले जनाएको छ। जुम्ला, कास्की, बैतडी लगायतका स्थानहरुमा सोमबार पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ।

बाढीका कारण २१० वटा घर डुबानमा परेका छन्। २०६ वटा घर, १२ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ७ सय ४८ वटा घरका ३ हजार २ सय ५८ जना मानिस विस्थापित भएका छन् भने ६ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ। 

प्रकाशित: Jun 21, 2021| 11:36 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।