शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मनसुन छिटो सुरु भएपछि किसानलाई चैते धान भित्र्याउने चटारो

मनसुन छिटो सुरु भएपछि किसानलाई चैते धान भित्र्याउने चटारो

कैलालीको भजनी नगरपालिका–१ हिम्मतपुरका सीताराम डगौरा आइतबार दिउँसो हुलाकी सडकमा चैते धान थ्रेसिङ गर्दै थिए। उनले वडा नम्बर ७ चर्रामा चैते धान लगाएका थिए। गत वर्षभन्दा छिटो मनसुन सुरु भएपछि उनले सडकमै धानमा थ्रेसर लगाए।
 |  सोमबार, असार ७, २०७८

भीम चौधरी

भीम चौधरी

सोमबार, असार ७, २०७८

धनगढी– कैलालीको भजनी नगरपालिका–१ हिम्मतपुरका सीताराम डगौरा आइतबार दिउँसो हुलाकी सडकमा चैते धान थ्रेसिङ गर्दै थिए। उनले वडा नम्बर ७ चर्रामा चैते धान लगाएका थिए। गत वर्षभन्दा छिटो मनसुन सुरु भएपछि उनले सडकमै धानमा थ्रेसर लगाए।

triton college

विगतका वर्षमा खेतमै थ्रेसर लैजाने उनले यो वर्ष भने पानी छिटो परेकाले हुलाकी सडकसम्म धान बोकेर ल्याएको सुनाए। ‘खेत पानीले भरिएको छ। सुक्खा ठाउँ हुलाकी सडक भएकाले यहाँ नै बोकेर थ्रेसिङ गर्दैछौं।’ डगौराले ३ कट्ठा जमिनमा गरेको खेतीबाट ७ क्विन्टल धान फलेको बताए। बर्खेभन्दा चैते धानको उत्पादन राम्रो हुने उनको भनाइ छ।

चैते धान भित्र्याएर सकेपछि बर्षे लगाउनुपर्ने भएकाले चैते भित्र्याउने र बर्खे रोप्ने चटारो भएको डगौराले बताए। ‘बर्खे धान लगाउन त लगाउने हो, बाढी आए सबै बर्बाद गरिदिन्छ,’ डगौराले खेतीको उत्तरतर्फबाट बग्दै गरेको मोहना नदीलाई देखाउँदै भने, ‘यसले साह्रै दुःख दिएको छ।’ 

भजनी नगरपालिका–७ चर्राका सुकदेव कठरियाले पानीले भरिभराउ खेत देखाउँदै भने, ‘खेत सबै डुबान भएको छ। यसमा गहुँ र चैते धान मात्र लगाउँछौ।’ उनले दक्षिणतर्फ भएर बग्ने मोहना नदी फर्किएर बर्खे धान पूरा नोक्सान गरिदिने हुँदा बर्खामा त्यो खेत बाँझो राख्ने गरेको बताए। 

भजनी नगरपालिका–८ सोनाहाफाँटाकी कृष्ण चौधरीले चैते धान खेती सुरु गरेपछि वर्षभरि परिवारलाई खान पुगेको बताए। उनले विगत ७ वर्षदेखि चैते धान लगाउँदै आएको बताए। गत वर्ष बाढीले भजनी नगरपालिकामा ठूलो धनजनको क्षति गरेको थियो। बाढीले धानबाली बगाएर खाद्य संकट भोगेका भजनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रका अधिकांश परिवारले यो वर्ष चैते धान खेती गरेका छन्। वर्षे धान बाढीले नोक्सान गर्दा परिश्रम र लगानी खेर जानुका साथै खाद्य अभाव समेत हुने हुँदा बाढी प्रभावित क्षेत्रका किसानको चैते धानतर्फ आकर्षित बढेको छ। 

corrent noodles
Metro Mart

जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत जनक बोहराले जिल्लाका बाढी प्रभावित क्षेत्रका एक हजारभन्दा बढी किसानले यस वर्ष चैते धान खेती गरेको बताए। जिल्लाभरमा १ हजार ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको उनले बताए। जसमध्ये भजनी र जोशीपुरका अधिकांश किसान छन्।

काडा, मोहना, पथरियालगायत नदीबाट सो क्षेत्र हरेक वर्ष डुबान र कटान हुँदै आएको छ । कैलालीको पूर्वी तथा दक्षिणी क्षेत्रमा पर्ने भजनीलगायतका क्षेत्रमा बर्सेनि बाढीले वर्षे धान खेती प्रभावित हुने गरेको छ । बाढी प्रभावित क्षेत्रका किसान विकल्पमा चैते धान लगाउन थालेका छन् ।

बाढी प्रभावित क्षेत्रका किसानलाई चैते धानमा स्थानीय तथा प्रदेश सरकारले अनुदान दिँदै आएको छ। भजनी नगरपालिकाले मेयर नमुना कृषि कार्यक्रम सञ्चालन गरेको र मुख्यमन्त्री चैते धान ब्लक कार्यक्रम पनि सञ्चालन गरेको छ । किसानलाई धानको बीउ तथा पानी मोटर, पावर टिलरलगायतका कृषि यन्त्र अनुदानमा दिने गरेको छ । भजनी नगरपालिकामा करिब चार सय बिघाह क्षेत्रफलमा यो वर्ष चैते धानखेती गरिएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित: Jun 21, 2021| 10:27 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।