शुक्रबार, वैशाख १४, २०८१

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको हो।

triton college

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो। 

यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Jun 21, 2021| 06:17 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्