शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीहरू कमिसनको सेटिङमा लिप्त : प्रमुख सचेतक कार्की

मन्त्रीहरू कमिसनको सेटिङमा लिप्त : प्रमुख सचेतक कार्की

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरू नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारप्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन्। 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

विराटनगर- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरू नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारप्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन्। 

triton college

नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरूको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको आरोप लगाए। 

‘विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामग्री र औषधि खरिदमा ठूलो अनियमितता भएको छ,’ उनले भने, ‘खोपको समानुपातिक वितरण हुन सकेको छैन, कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्करमा लागेको देखिन्छ।’

सरकारमा रहेको दलभित्र एक समूहले अर्कोलाई पाखा लगाएर चलखेलमा विकाससँग सम्बन्धित ठेक्कापट्टा दिने गरिएको उनले बताए। प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत ‘भैँसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लगाएको’ जस्तो भएको प्रमुख सचेतक कार्कीले टिप्पणी गरे। 

प्रदेश नम्बर १ का भौतिक पूर्वाधारमन्त्री आफ्नो वडामा अल्मलिएको भन्दै कार्कीले मन्त्रीले प्रदेशभित्र अरू जिल्ला र आफ्नै जिल्लामा समेत अन्य स्थानीय तह तथा वडाहरू छन् भन्ने हेक्का नराखेको पाइएको बताए।

corrent noodles
Metro Mart

अहिलेसम्म प्रदेशको नामकरण गर्न नसकेको सरकारले प्रदेशका जनताको भावना बुझ्न नसक्ने र एमालेभित्रकै आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्त हुने कार्कीले ठोकुवा गरे।

प्रकाशित: Jun 21, 2021| 02:34 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।