शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विपक्षी गठबन्धन अझै बलियो पार्ने निर्णय, अन्य प्रदेशमा पनि मौजुदा सरकारको विकल्प खोजिने

विपक्षी गठबन्धन अझै बलियो पार्ने निर्णय, अन्य प्रदेशमा पनि मौजुदा सरकारको विकल्प खोजिने

विपक्षी गठबन्धनले गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि गठबन्धन सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- विपक्षी गठबन्धनले गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि गठबन्धन सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ।

triton college

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको बैठकमा नेताहरु अन्य प्रदेशमा पनि आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्दै जाने निष्कर्षमा पुगेका हुन्। तत्काल प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्न सक्ने ठहर नेताहरुले गरेका छन्।

कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेतृ दुर्गा पौडेल सहभागी बैठकमा विपक्षी गठबन्धनलाई थप मजबुद गराउँदै लैजाने विषयमा छलफल भएको थियो।

बैठकमा देउवा र दाहालले गठबन्धन नछाड्न एमाले नेता नेपाललाई आग्रह गरेका थिए। त्यसपछि नेता नेपालले आफूले गठबन्धन नछाड्ने बताएको सहभागी एक नेताले जानकारी दिए। नेताहरुका बीचमा संघमा गठबन्धनको सरकार नबनेमा प्रदेशमा सरकार निर्माणको पहल गर्ने सहमति बनेको हो।

संघमा संसद पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले केही समय पर्खिने र फैसला आफूहरुको पक्षमा नआए आवश्यकताअनुसार अघि बढ्ने निष्कर्ष निकालिएको छ।

corrent noodles
Metro Mart

'गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ' बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता पौडेलले  नेपाल समयसँग भने,' बैठकमा समसामयिक विषयमा पनि छलफल भयो। खासगरी पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा विमर्श भयो।'

प्रकाशित: Jun 20, 2021| 14:58 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।