शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निःशुल्क कोरोना परीक्षणमा सहभागी नै भएनन् स्थानीयवासी

निःशुल्क कोरोना परीक्षणमा सहभागी नै भएनन् स्थानीयवासी

आफ्नो नगरपालिका क्षेत्रमा कोरोना संक्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क कोरोना परीक्षणमा सहभागिता निकै न्यून देखिएको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

भक्तपुर- आफ्नो नगरपालिका क्षेत्रमा कोरोना संक्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क कोरोना परीक्षणमा सहभागिता निकै न्यून देखिएको छ।

triton college

नगरपालिकाले गरेको एन्टीजेन तथा पीसीआर परीक्षणमा लक्ष्यको करिब १० प्रतिशतले मात्रै सहभागिता जनाएका छन्। 
नगरपालिकाभित्र १० हजार व्यक्तिको एन्टीजेन तथा पीसीआर परीक्षण गर्ने, परीक्षणमा संक्रमण देखिएकालाई बोडेस्थित नगरपालिकाको आइसोलेसन कक्षमा निःशुल्क राख्ने र उपचारको आवश्यकता परेकालाई नगरपालिकाको आफ्नै अस्पताल नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरे पनि परीक्षणमा भने लक्ष्यभन्दा ९० प्रतिशत कम स्थानीयवासी मात्रै सहभागी भएका छन्।

अस्पतालको व्यवस्थापन तथा नगरपालिकाको खर्चमा गरिएको परीक्षणमा १ हजार ३०८ जनाको मात्रै परीक्षण भएको छ। नगरवासीलाई परीक्षणका लागि सार्वजनिक रुपमा आह्वान गरेको, सञ्चारमाध्यम र माइकिङ गरेर जानकारी गराइएको भए पनि परीक्षणमा जनसहभागिता निकै कम भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। परीक्षण गरिएकामध्ये ४८ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै उनले कूल परीक्षणको ३.६६ प्रतिशत पोजेटिभ रिपोर्ट आएको बताए।

‘हामीले नगरपालिकामा कोभिडको अवस्थाबारे एउटा रिसर्च पनि होस् र नगरपालिकाको अवस्था कस्तो छ, कति जोखिम छ भनेर जानकारी लिन सकियोस् भनेर नेपालमै पहिलोपटक समुदायस्तरमा यति ठूलो परीक्षणको कार्यक्रम राख्यौं’, नगरप्रमुख श्रेष्ठले भने, ‘तर जनसहभागिता निकै कम भयो, त्यसैले फेरि एकपटक यस्तो परीक्षण गर्नेबारेमा जनप्रतिनिधिबीच छलफल भएको छ, अहिले भने परीक्षणमा पोजेटिभ आएका सबैको उपचार नेपाल कोरिया अस्पतालमा निःशुल्क गर्नेछौं।’

नगरपालिकाले वडागत रूपमा नौ थरी रङको कार्ड वितरण गरिएको जानकारी दिँदै यो कार्ड लिएर आउनेलाई अस्पतालमा अन्य सेवामा पनि १० प्रतिशत थप छुट दिने व्यवस्था गरेको उनले बताए। नगरपालिकाले कोरोना संक्रमित आफ्ना नागरिकको निःशुल्क उपचारदेखि परीक्षणमा सहभागी हुने सबैलाई कुनै पनि उपचार वा स्वास्थ्य सेवामा नगर अस्पतालले १० प्रतिशत छुट दिने व्यवस्था गर्दा पनि किन जनसहभागिता कम भयो यसबारे जानकारी लिएर अर्को परीक्षणको कार्यक्रम सार्वजनिक गरिने नगरपालिकाका प्रवक्ता केशव सिलवालले बताए।

corrent noodles
Metro Mart

नगरपालिकामा कतिपय नागरिकले परीक्षणको आवश्यकता नभएको, कतिपयले अझै पनि संक्रमण देखिएला भन्ने डरका कारण, कतिपयले परीक्षणकै क्रममा कोरोना सर्छ भन्ने गलत हल्ला र कतिपयले कुन प्रयोजनका लागि परीक्षण भइरहेको छ भन्ने पूर्ण जानकारी नपाउँदा जनसहभागिता कम भएको पाइएको बताइएको छ।

परीक्षणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, स्वास्थ्य मन्त्रालयका सिसिएमसीका प्रमुख विशेषज्ञ डा महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य सगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव, प्राडा अरूण, डा दिबेश कर्माचार्यसहितको टोलीले विभिन्न केन्द्रमा गएर अनुगमन तथा निरीक्षण गरेको थियो। टोलीलाई नगरप्रमुख श्रेष्ठले एन्टीजिन र पीसीआर परीक्षणबारे जानकारी गराएका थिए। रासस

प्रकाशित: Jun 20, 2021| 09:05 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।