बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाढीले असुरक्षित भएपछि हेलिकोप्टर चार्टर गरेर सुरक्षित ठाउँतिर जाँदै मनाङवासी

बाढीले असुरक्षित भएपछि हेलिकोप्टर चार्टर गरेर सुरक्षित ठाउँतिर जाँदै मनाङवासी

बाढीले वस्ती जोखिममा पारेपछि मनाङवासीहरु हेलिकोप्टर चार्टर गरेर सुरक्षित ठाउँतर्फ जान थालेका छन्।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

मनाङ- बाढीले वस्ती जोखिममा पारेपछि मनाङवासीहरु हेलिकोप्टर चार्टर गरेर सुरक्षित ठाउँतर्फ जान थालेका छन्। यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन्। 

triton college

हालसम्म पनि वर्षा र जोखिम कायम रहेपछि मनाङेहरु लमजुङ, काठमाडौं, पोखरातर्फ जान थालेका हुन्। नासो गाउँपालिका–८ ताचे ओडारका ३५ वर्षीय विष्णु घले, ३२ वर्षीय चन्द्रकाशी गुरुङ, ३१ वर्षीय सञ्जय गुरुङ, १४ वर्षीया सविना गुरुङ र सोही हेलिकप्टरमा गोरखा सिरनचोकका २२ वर्षीय पुकार गुरुङ आज मनाङबाट हेलिकप्टर रिजर्भ गरेर लमजुङ आइपुगेका छन्। 

पुकार गुरुङ भने गत जेठ २६ गते मनाङ ताचे घुम्न गएको र पहिराका कारण रोकिएर बसेका थिए। विष्णु घलेले भने, ‘मनाङ ताचेबाट हेलिकप्टरमा हामीले प्रतिव्यक्ति रु. २० हजारका दरले तिरेर बेँसीशहर आएका हौं।’ घलेले भने, ‘गाउँभन्दा तल नै सुरक्षित छ, मनाङका गाउँहरुमा वारिपारि पहिरो अझै पनि गइरहेको छ। गाउँमा बिजुली लाइन छैन, वाइफाई छैन, बाटो छैन, मोबाइलमा चार्ज गर्न पाएको छैन यतिबेला त्यहाँ धेरै समस्या रहेको उनीहरुको भनाइ छ।’

हामीमध्ये लमजुङमा कोही शिक्षक कोही विद्यार्थी रहेको र सोका लागि पनि आएको चन्द्रकाशी गुरुङले बताए। उनले भने, ‘हिँडेर आउनलाई बाटो छैन, जोखिम बढी छ, नआऔँ भने यता काम पनि गर्न पाइँदैन। यसरी आउने हामी मात्र होइन गाउँका अन्य स्थानीयवासी पनि हेलिकप्टरबाट लमजुङ काठमाडौँ जान थालेका छन्।’

मनाङ घर भए पनि रोजगारीलगायत विभिन्न कामले जिल्लाबाहिर बस्नेहरु यतिबेला काठमाडौं, लमजुङ हेलिकप्टरबाट जाने क्रम जारी रहेको विष्णु घलेले बताए। उनले भने, ‘यसरी जाँदा त्यहाँभन्दा तल नै सुरक्षित हुन्छ, आफ्नो काम पनि गर्न पाउँछन्। गाउँमा हुँदा अब मर्छौं होला, हाम्रो गाउँ वरिपरि पहिरो गएको छ, पानी रोकिएको छैन, गाउँबाट कतै जानलाई बाटोसमेत सबै भत्किसकेकाले डरमा थियौँ।’

corrent noodles
Metro Mart

मनाङमा जोखिम अझै पनि कायम रहेकाले आफूखुसी र पैसा भएकाहरुले निजी हेलिकप्टरमार्फत् पनि जिल्ला बाहिरका विभिन्न ठाउँमा गइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।

आज पनि वर्षा भएकाले मस्र्याङ्दी नदीमा पानीको बहाव बढेर चामेबाट माथिल्लो मनाङ जाने पुलसमेत उच्च जोखिममा परेको उनको भनाइ छ। हेलिकप्टर लमजुङ हुँदै मनाङ आवतजावत गरिरहेको छ। बाढी पहिरोले मनाङको चामे बजारलगायतका क्षेत्रमा बाढी र पहिरोका घटना भएका छन्। रासस

प्रकाशित: Jun 19, 2021| 08:58 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।