शुक्रबार, वैशाख १४, २०८१

उद्योगमा काम गर्नेलाई खोपमा प्राथमिकता देऊ : परिसंघ

नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी कोभिड–१९ को भ्याक्सिन निजी क्षेत्रका उद्योगहरूमा कार्यरत मजदूर तथा कर्मचारीलाई प्राथमिकताका साथ उपलब्ध गराउन पनि परिसंघले आग्रह गरेको छ ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी कोभिड–१९ को भ्याक्सिन निजी क्षेत्रका उद्योगहरूमा कार्यरत मजदूर तथा कर्मचारीलाई प्राथमिकताका साथ उपलब्ध गराउन पनि परिसंघले आग्रह गरेको छ । परिसंघले मापदण्ड बनाएर निजी क्षेत्रलाई भ्याक्सिन आयातको अनुमति दिँदा थप सहज हुने र चाँडैनै लक्षित वर्गले खोप पाउने जनाएको छ ।

triton college

परिसंघले नेपाल धितोपत्र बोर्डले लगानीका लागि जोखिमयुक्त भन्दै सूचीकृत कम्पनीको सूची सार्वजनिक गर्दा लगानीकर्ताको मनोबल घट्न गई समग्र पुँजी बजारमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै संवेदनशील विषयमा नियमनकारी निकायले परिपक्व भूमिका खेल्नुपर्ने पनि जनाएको छ ।  

भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सरकारले बजेट कार्यान्वयनलाई आफ्नो परीक्षाको रूपमा लिएको बताए । उनले बजेटमा आएका प्रतिक्रियाले आफू उत्साही भएको र निजी क्षेत्रलाई साथमा लिएर कार्यान्वयन अघि बढाउने पनि बताए । असारभर तयारीका काम सक्ने र साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको भन्दै त्यसमा सबैको साथ आवश्यक रहेको पनि उनले बताए ।  

कोरोनाको भ्याक्सिन खरिदमा सरकार अघि बढेको भन्दै उनले अमेरिका, चीन, भारत लगायतका देशबाट भ्याक्सिन खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउन सरकार लागि परेको पनि बताए ।
 

प्रकाशित: Jun 18, 2021| 11:11 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्