काठमाडौं–विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबार जारी दोस्रो खेलको पहिलो हाफमा मेक्सिकोले अग्रता लिएको छ ।
प्रतियोगिता अन्तर्गत खेलको ३५ औं मिनेटमा मेक्सिकोका तर्फबाट इर्भिङ लोथानोले गोल गर्दै मेक्सिकोलाई १–० को अग्रता दिलाए ।
जर्मनीले पनि निक्कै शक्तिशाली खेल खेलिरहेको छ । दुवै टोलीबीचको जारी खेल निक्कै नै आक्रमक छ । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले कडा टक्कर दिइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४