शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाढीपहिरोले जनताको उठिबास भएको सुन्दा हामी दु:खी छौं : पूर्वराजा ज्ञानेन्द्र

बाढीपहिरोले जनताको उठिबास भएको सुन्दा हामी दु:खी छौं : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरो लगायत प्राकृतिक विपत्तिले मुलुकमा पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरो लगायत प्राकृतिक विपत्तिले मुलुकमा पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।

triton college

देश कोरोना महामारीमा रहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै उनले दु:ख व्यक्त गरे। 'हिमाल, पहाड र तराईका धेरै जिल्लामा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा शहरी वस्तिका बासिन्दाहरूको उठिबास भएको सुन्दा हामी दु:खी छौं', पूर्व राजा शाहले विज्ञप्ति जारी गर्दै भनेका छन्।

मनसुनको प्रारम्भमै ठूलो क्षति भएको बताउँदै उनले तीब्र वर्षा हुन बाँकी रहेकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्। उनले यस्तो बेला सबैलाई जिम्मेवार बनेर प्राकृतिक विपतिको सामना गर्न आग्रह गरेका छन्। उनले जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा मिलाउन आग्रह गरेका छन्।

प्रकाशित: Jun 17, 2021| 03:24 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।