शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी : लगातारको वर्षाले जताततै सडक अवरुद्ध, बुटवलमा ११ घर विस्थापित

लुम्बिनी : लगातारको वर्षाले जताततै सडक अवरुद्ध, बुटवलमा ११ घर विस्थापित

लगातारको वर्षाका कारण झरेको पहिरोले लुम्बिनी प्रदेशका जिल्ला जोड्ने सडक अवरुद्ध भएको छ। 
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

बुटवल- लगातारको वर्षाका कारण झरेको पहिरोले लुम्बिनी प्रदेशका जिल्ला जोड्ने सडक अवरुद्ध भएको छ। तीनदेखिको लगातार वर्षा भएपछि पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सडक अवरुद्ध भएको हो।

triton college

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धार्थ राजमार्गको दर्जनौं ठाउँमा पहिरो जाँदा बुधबारदेखि अवरुद्ध भएको छ। आज बिहान मात्रै आधा दर्जन ठाउँमा पहिरो खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्ली नारायण पाण्डेले बताए।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा पहिरो खस्ने क्रम जारी छ। वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ। तिनाउ गाउँपालिका कालीमाटीमा पहिरो खसेको छ।  

वर्षाका कारण पाल्पा रिडी, पाल्पा राम्दी, पाल्पा आर्यभञ्जाङसहित गाउँ जोड्ने सडक अवरुद्ध भएको छ। यस्तै गोरुसिंगे सन्धिखर्क सडकखण्ड पनि अवरुद्ध भएको छ। 

सन्धिखर्क–३, फुदबाङमा पहिरो गएको प्रहरीले जनाएको छ। प्यूठान भालुवाङ सडकमा पनि पहिरोले सडक पूर्ण रुपमा बन्द छ। 

corrent noodles
Metro Mart

गुल्मी रिडी तम्घास सडक पनि अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक बुधबारदेखि नै अवरुद्ध भएको छ।

बुटवल र देवदह नगरपालिकाको सीमा क्षेत्रमा निर्माणाधीन कल्भर्टका लागि बनाइएको डाइभर्सन बगाएपछि सवारीसाधन आवतजावत पूर्ण रुपमा बन्द भएको छ। यो सडक आज पनि खुल्ने सम्भावना नरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए। 

बुटवलदेखि नेपालगन्ज सडक मात्रै सञ्चालनमा रहेको उनले बताए। ‘पहिरोले राजमार्ग, गाउँका सडक सबै अवरुद्ध छन्,’ उनले भने, ‘यात्राका लागि ननिस्कन सबैमा आग्रह छ।’

बुटवलमा ११ घर विस्थापित

लगातारको वर्षाले तिनाउ नदीमा पानीको सतह ह्वात्तै बढेपछि केही वस्तीमा बाढी पसिसकेको छ। नदी अतिक्रमण गरी वस्ती नै बसेकाले तिनाउमा आएको बाढीले चार हजारको घर जोखिममा परेका छन्। 

गएराति तिनाउको बाढी वस्तीमै पसेपछि बुटवल–११ पवित्रानगरका ११ परिवारलाई अन्यत्र सारिएको छ। घरभित्रै बाढी पसेकाले सुरक्षित हुन आफन्तको घरमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताए। यस्तै बुटवलको तिनाउ नदी किनारको मझुुवा, प्रगतिनगर, बुद्धनगर, हात्तीसुुढलगायत क्षेत्रका घरहरू जोखिममा छन्।

लुम्बिनीका कपिलवस्तु, दाङ, नवलपरासीमा डुुबान भएको छ। रुपन्देहीको मर्चवारमा बाढी गाउँ पस्ने जोखिम भएपछि दुई स्थानमा सडक भत्काएर डाइभर्सन गराइएको छ। 

सडक भत्काइएपछि सिंगो मर्चवार क्षेत्रमा सडक–सम्पर्क टुटेको छ। नारायणी, बाणगंगा, भेरी, कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढेको छ।   

रोहिणी खोलामा शव फेला

रुपन्देहीको देवदहमा खोलाले बगाएर ल्याएको एक महिलाको शव फेला परेको छ। बुधबार बिहान रोहिणी खोलाले बगाएर ल्याएको शव देवदह-८ टटेरामा फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले जानकारी दिए।

अन्दाजी ४०-५० वर्षको जस्तो देखिने महिलाको शव स्थानीय देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक महतका अनुसार शवको पहिचान हुन सकेको छैन।

प्रकाशित: Jun 16, 2021| 04:51 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।