शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • निषेध आदेश अवधिमा ४९ अर्ब कर्जा प्रवाह, अधिकांश सेयर बजारमा

निषेध आदेश अवधिमा ४९ अर्ब कर्जा प्रवाह, अधिकांश सेयर बजारमा

कोभिड–१९ को दोस्रो भेरियन्टको प्रचुर मात्रामा भएको फैलावटका कारण सुरु भएको निषेध आदेशका बीचमा पनि कर्जाको मागमा भने उच्च वृद्धि भएको छ। निषेध आदेशकै बीचमा वाणिज्य बैंकहरुले ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- कोभिड–१९ को दोस्रो भेरियन्टको प्रचुर मात्रामा भएको फैलावटका कारण सुरु भएको निषेध आदेशका बीचमा पनि कर्जाको मागमा भने उच्च वृद्धि भएको छ। निषेध आदेशकै बीचमा वाणिज्य बैंकहरुले ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

triton college

नेपाल बैंकर्स संघका अनुसार जेठ महिनामा मात्र बैंकहरुले ३२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् भने ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। निषेध आदेशका कारण आन्तरिक बजार बन्द भएको छ भने वैदेशिक व्यापार मात्र चालु भएको अवस्था छ। तर पनि बजारमा भने ऋणको माग उच्च भएको देखिएको छ। 

बजारमा करिब डेढ महिनामा मात्र ४९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भए पनि त्यो रियल सेक्टरमा गएको छैन। त्यति ठूलो रकम कर्जाको रुपमा बजारमा गएको देखिएको छ। तर त्यसको प्रतिफल भने शून्य नै देखिएको छ। 

यदि आयातको लागि मात्र यति ठूलो रकम बराबरको कर्जा प्रवाह भएको भए त्यसको असर राजस्वमा देखिन्थ्यो भने आन्तरिक बजारमा अहिले सो रकम गएको छैन, किनकी निषेध आदेशका कारण अत्यावश्यक सामग्रीको भन्दा अन्य उद्योग व्यवसाय बन्द नै छन्। 

गएको वैशाख १६ गतेबाट काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लामा निषेध आदेश लागू भएको छ। गृह मन्त्रालयका अनुसार अहिले पनि ७५ वटा जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश लागू भएको छ। उपत्यकाको हकमा १ असारदेखि केही खुकुलो बनाइएको छ।

corrent noodles
Metro Mart

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले निषेध आदेशमा बैंक तथा वित्तीय संस्थाबाट गएको अधिकांश ऋण सेयर बजारमा गएको दावी गरे। 

उनले नेपाल समयसँग भने, ‘निषेध आदेशको बीचमा गएको कर्जा वास्तविक क्षेत्र (उत्पादनमूलक क्षेत्र) मा गएको छैन, हामीले सहजै देख्न सक्छौं, यो अवधिमा गएको कर्जा सेयर बजारमा गएको छ। बैंक तथा वित्तीय संस्थाबाट गएको कर्जाका कारण नै सेयर बजार उकालो लागिरहेको छ।’

हाल बजारले दिनानुदिन नयाँ रेकर्ड राखिरहेको छ भने दिनमा साढे १९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भइरहेको छ। औसत दैनिक १५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुने गरेको छ।  

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सेयर कर्जा ८७.२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै चालु पुँजी र आवधिक कर्जा र ओभरड्राफ्ट तथा डिमान्ड तथा चालु पुँजी कर्जा पनि सेयर बजारमा नै प्रयोग भएको नेपाल राष्ट्र बैंकको अनुमान छ। 

राष्ट्र बैंकका अनुसार चालु पुँजी र आवधिक कर्जा २४.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७.७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २०.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.४ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ४६.५ प्रतिशतले बढेको छ। हायर पर्चेज कर्जा भने ५.४ प्रतिशतले घटेको छ।

अहिले बैंकहरुसँग कुल निक्षेप ३९ खर्ब ८२ अर्ब रुपैयाँ छ। पछिल्लो साता ११ अर्ब विदेशी मुद्राको निक्षेप बढेको छ। कुल ऋण ३६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। बैंकहरुले चालु आर्थिक वर्ष मात्र ७ खर्ब ३९ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन्। यो अवधिमा ४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

प्रकाशित: Jun 15, 2021| 12:50 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्