शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा नीति तथा कार्यक्रमकै पक्षमा मतदान गर्ने एमाले मन्त्रीको चुनौती

कर्णालीमा नीति तथा कार्यक्रमकै पक्षमा मतदान गर्ने एमाले मन्त्रीको चुनौती

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न सांसदहलाई ह्विप जारी गरेको छ।
 |  मंगलबार, असार १, २०७८

देव राना

देव राना

मंगलबार, असार १, २०७८

सुर्खेत– एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न सांसदहलाई ह्विप जारी गरेको छ। तर एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले भने दलको बैठकलाई चुनौती दिँदै नीति तथा कार्यक्रमकै पक्षमा मतदान गर्ने बताएका छन्।

triton college

‘दलको बैठकले जेसुकै निर्णय गरोस्, हामी सरकारले ल्याएको नीति तथा कार्यक्रमको पास गराउँछौं’, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाले भने, ‘हामी विपक्षमा होइन, पक्षमा मतदान गर्छौं।’

२०७५ जेठ २ अघिको पार्टीले सरकारलाई समर्थन गरेको भन्दै उनले पार्टीकै निर्णयअनुसार नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्ने थापाले बताए। ‘पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। त्यही भएर हामी सरकारमा सहभागी छौं’ उनले भने, ‘आफैंले ल्याएको नीति तथा कार्यक्रम कसरी आफैंले फेल गराउन सक्छौं?’

सरकारलाई समथर्न गरेको पार्टीले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्नु भनेर दलको बैठकले निर्णय गर्न सांसदलाई ह्विप जारी गर्नु अदालतको अपमान भएको उनको टिप्पनी छ। ‘अदालतले त ०७५ जेठ २ अघिको पार्टी पदाधिकारीलाई मान्यता दिएको छ’, उनले भने, ‘त्यही पार्टीले सरकारलाई समर्थन गर्ने, सरकारले ल्याएको नीति तथा कार्यक्रम फेल गराउने निर्णय गर्नु कानुनविपरीत हुन्छ।’

प्रकाशित: Jun 15, 2021| 08:58 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।